इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

काठमाडौं –दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित मालिकार्जुन अस्पताल प्राली र गेटा आँखा अस्पताल कैलाली शाखा गोकुलेश्वर आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी कर्मचारीहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको छ।

शनिबार सम्पन्न उक्त शिविरमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको हो। शिविरमा प्रहरीहरूका नाक, कान, घाँटी, आँखा लगायतका स्वास्थ्य जाँचहरू गरिनुका साथै आवश्यक परामर्श र औषधि निःशुल्क रूपमा वितरण गरिएको प्रहरी निरीक्षक किशोर सिंह ऐरीले बताए ।

शिविरमा सहभागिता जनाएका प्रहरी हवल्दार नारायण जैशीका अनुसार, यस्तो प्रकारको स्वास्थ्य सेवा कार्यक्रममा प्रहरी कर्मचारीहरूले निकै राहत महसुस गरेका छन्।

“दैनिक जिम्मेवारी र व्यस्त कार्यतालिकाका कारण स्वास्थ्य परीक्षण गर्न नसक्ने प्रहरी कर्मचारीहरूका लागि यो निकै उपयोगी कार्यक्रम बन्यो,” उहाँले भन्नुभयो। मालिकार्जुन अस्पताल प्रालीले यसअघि पनि चैत्र १५ गते वडा नम्बर ५ स्थित मालिकार्जुन माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

अस्पतालका म्यानेजर रामदत्त बिष्टका अनुसार, समाजमा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै नागरिकहरूलाई निरोगी र सक्षम बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएका छन्।

उक्त शिविर सफलतापूर्वक सम्पन्न भएकोमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरले मालिकार्जुन अस्पताल प्राली र गेटा आँखा अस्पताल कैलाली शाखा, गोकुलेश्वर आँखा उपचार केन्द्रप्रति आभार व्यक्त गरेको छ। प्रहरी निरीक्षक ऐरीले स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरूलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिन सकिने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य सेवामा पहुँच पु¥याउन र प्रहरी कर्मचारीहरूको हेरचाहमा थप योगदान पु¥याउने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिनुको साथै सहकार्य र समर्पणको उदाहरण प्रस्तुत गरेको छ।

Leave A Reply

Your email address will not be published.