दार्चुला — सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा अवस्थित दार्चुला बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली विद्यार्थी संघ (नेविसंघ)को प्यानल विजयी भएको छ।
कुल ४४९ मत खसेको प्रत्यक्ष प्रणालीतर्फ सभापतिमा गठबन्धनका साझा उम्मेदवार नेविसंघका प्रकाश बडूले २२२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका खडकसिंह ठगुन्नाले १९१ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मतमा सीमित रहे।
यो निर्वाचनमा नेविसंघ र अखिल (क्रान्तिकारी) बीचको गठबन्धनबाट उम्मेदवार उठाइएका थिए। गठबन्धनकै प्यानलले अधिकांश पदमा विजय हासिल गरेको हो।
स्ववियु सचिव पदमा अखिल (क्रान्तिकारी)का लालसिंह महरले २१८ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दिपुसिंह महताले २१५ मत प्राप्त गरेका थिए।
त्यसैगरी, कोषाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार जगतसिंह धामीले २४० मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियुकी कुसुम धामीले २०३ मत प्राप्त गरिन्।
समानुपातिक प्रणालीतर्फ भने ४३६ मत खसेका थिए।
बुधबार साँझ ६ बजेबाट सुरु भएको मतगणना राति ११ बजेपछि सम्पन्न भएको थियो।