पत्रकार गणेश सिंह धामीलाई मातृशोक 

दार्चुला — नेपाल पत्रकार महासंघ तथा प्रेस युनियन दार्चुला शाखाका उपाध्यक्ष एवं समुदायिक रेडियो लिपुलेक एफ.एम दार्चुला तथा मालिकार्जुन खबरका प्रबन्धनिर्देशक गणेश सिंह धामीलाई मातृशोक परेको छ।

शैल्यशिखर नगरपालिका–६, पनेबाज निवासी धामीकी आमा तारा देवी धामीको ८० वर्षको उमेरमा शुक्रबार बेलुका ९ बजे आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

शनिबार विहान गोकुलेश्वर आर्यघाटमा तारा देवीको अन्त्येष्टि गरिएको हो। स्व. तारा देवीको निधनले पत्रकार धामीलाई अपूरणीय क्षति पुगेको भन्दै विभिन्न सञ्चार संस्था, पत्रकार संगठन, सामाजिक संघ–संस्थाहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.