शैल्यशिखरमा रामलिला महायज्ञ अब बैशाख १५ गतेदेखि सुरु हुने

दार्चुला — दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा  चौलानी सभ्यता समाज नेपालले आयोजना गर्न लागेको भव्य रामलिला महायज्ञ प्राविधिक कारणले केही समयका लागि स्थगित गरिएको छ । सुरुमा २०८२ साल बैशाख ८ गतेदेखि सञ्चालन हुने भनिएको महायज्ञ अब बैशाख १५ गतेदेखि सुरु हुने आयोजक समितिले जनाएको छ ।

आयोजकका अनुसार केही प्राविधिक तयारी तथा व्यवस्थापनमा थप समन्वय आवश्यक परेपछि कार्यक्रमको मिति परिमार्जन गरिएको हो । तर कार्यक्रमको मूल उद्देश्य, उत्साह र भव्यता यथावत् रहनेछ । धार्मिक, सांस्कृतिक तथा सामाजिक चेतनाका लागि आयोजना गरिँदै आएको यस रामलिला महायज्ञमा जिल्लाभरका पालिका प्रमुखहरू, सरकारी कार्यालयका प्रतिनिधिहरू, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतागण, बुद्धिजीवी, समाजसेवी, संगीतप्रेमी कलाकार तथा सम्पूर्ण सर्वसाधारणलाई उपस्थित भई पुण्य लाभ लिन हार्दिक आमन्त्रण गरिएको छ ।

महायज्ञको अवसरमा धार्मिक प्रवचन, रामायण वाचन, रामलिला नाटक, सांस्कृतिक प्रस्तुति लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिने चौलानी सभ्यता समाज नेपाल शैल्यशिखर नगरपालिका-९ गाेकुलेश्वरका अध्यक्ष पुर्ण बहादु्र साउँदले बताए ।

सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यो ऐतिहासिक अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक समितिको तर्फबाट हार्दिक अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.