दार्चुला- दार्चुलाको शैल्यशिखर –९ गोकुलेश्वरमा चौलानी सभ्यता समाजको आयोजनामा बैशाख १५ गते (आज)देखि रामलिला महायज्ञ लाग्ने भएको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ स्थित गोकुलेश्वर एयरर्पोटमा सञ्चालन हुने रामलिला महायज्ञको तयारी पूरा भएको चौलानी सभ्यता समाज एवं रामलिला आयोजक उपसमितिका अध्यक्ष पुर्ण बहादुर साउदले जानकारी दिए ।उक्त कार्यक्रममा शास्त्री नारद प्रशाद बिष्टले प्रवचन दिने बताइएको छ । आज बेलुका ७ बजे एक कार्यक्रमका बिच रामलिला महायज्ञको औपचारिक उद्घाटन गरिने आयोजक समितिले जनाएको छ ।
बैशाख ३० गते सम्म लाग्ने महायज्ञको अवसरमा धार्मिक प्रवचन, रामायण वाचन, रामलिला नाटक, सांस्कृतिक प्रस्तुति लगायतका विविध कार्यक्रमहरू सञ्चालन गरिने रामलिला आयोजक समितिका अध्यक्ष पुर्ण बहादु्र साउँदले बताए ।
सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यो ऐतिहासिक अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक समितिले अनुरोध गरेको छ ।