दार्चुलामा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका शिक्षा अधिकृत केशव राज ओझाको निधन

दाचुला- दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका लेकम गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवं शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको छ।

लेकम गाउँपालिका वडा नम्बर ५ चौपातामा आयोजित शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लाग्दा उहाँ गम्भीर घाइते भएका थिए। ढुंगा लागेपछि उहाँले चलाइरहनुभएको मोटरसाइकल पनि अनियन्त्रित भई दुर्घटना भएको थियो।

गम्भीर घाइते अवस्थामा उहाँलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन्।

शिक्षा अधिकृत ओझाको निधनले गाउँपालिकाको शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो। उहाँले ओझा कर्मठ, समर्पित र अनुशासित कर्मचारीका रूपमा परिचित रहेको भन्दै गहिरो दुःख व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.