दार्चुलाका विकट बस्तीको आवाज बनिरहेका छन् नरेन्द्र धामी

काठमाडौं– नेपाली कांग्रेस दार्चुलाका नेता तथा मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामी हाल राजधानी काठमाडौंमा रहँदै विभिन्न मन्त्रालय र विभागमा धाइरहेका छन्। ग्रामीण बस्तीका समस्या लिएर उनी दैनिकजसो संघीय तहका निकायसँग समन्वयमा व्यस्त छन् । राजनीतिक नेतृत्वप्रति वितृष्णा बढिरहेको वर्तमान अवस्थामा नेता धामी निजी स्वार्थभन्दा माथि उठेर जनताको सेवामा सक्रिय रहनुले उनको पहल विशेष बनाएको छ ।

धामीले हालै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीलाई भेटी दार्चुलाका ९ वटै स्थानीय तहमा गुणस्तरीय मोबाइल तथा टेलिफोन सेवा पु¥याउन ज्ञापनपत्र बुझाएका छन्। उनले ब्यास, अपिहिमाल, नौगाड, महाकाली, मालिकार्जुन, शैल्यशिखर र लेकम लगायतका क्षेत्रमा नमस्ते नेटवर्क कमजोर रहेको जनाउँदै सेवा सुधारको माग गरेका थिए । प्रबन्ध निर्देशक पहाडीले टेलिकमको प्राविधिक टोली खटाएर समस्या समाधान गरिने आश्वासन दिइन्। यस्तै, मोबाइल सेवा निर्देशनालय बबरमहलका निर्देशक प्रेम सिलवालले तत्काल स्थलगत निरीक्षण गरी आवश्यक कार्य प्रारम्भ गर्ने बताएका छन् ।

त्यस्तै, धामीले दार्चुलाका उकु, बाँकु, लाली, धाप, दत्तु र गोकुलेश्वरजस्ता कृषि उपयुक्त क्षेत्रका सिँचाइ समस्या समाधानका लागि सिँचाइ विभागका महानिर्देशक संजीव बराल र उपमहानिर्देशक मित्र बरालसँग छलफल गरेका छन्। उनले आधुनिक र वैज्ञानिक सिँचाइ प्रणालीमार्फत खेतियोग्य जमिनको उपयोगिता बढाउन आग्रह गरेका छन् । धामीको यस्तो सक्रियता दार्चुला जिल्लाका ग्रामीण बस्तीहरूका लागि प्रभावकारी पहलका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.