दार्चुला–दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ बेदबाट १८ पेटी बिडीसहित जिप नियन्त्रणमा ल्याएको छ । मंगलबार विहान ३ः१५ बजेको समयमा सशस्त्र प्रहरीले भारतीय सिमा नजिकबाट अबैघ रुपमा ल्याउदै गरेको बिडी बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल, ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक महेन्द्र कुमार बमको कमाण्डमा खटिएको टोलीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ८ लाख १० हजार बराबरको १८ पेटी बिडीसहित से.१ ज. १०८७ नम्बरको जीप नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नेपाल, न.४४ गण दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देव राज जोशीले बताए । उनका अनुसार नियन्तरणमा लिइएको बिडी र गाडी भन्सार कार्यालय दार्चुला बुझाइएको छ ।
यस्तै सशस्त्र प्रहरीले २०८१ फागुन देखि हाल सम्मको अवधिमा मात्रै अवैध रुपमा भन्सार छलि भित्र्याएको २० लाख ५७ हजार ६ सय २५ रुपैँया बराबरको अवैध सामान बरामद गरेको छ ।