चीनबाट आएको बाढीले रसुवामा ठूलो क्षति, केही कन्टेनर पुरिए

काठमाडौं- चीनबाट आएको बाढीका कारण रसुवामा ठूलो क्षति पुगेको छ । बिहान सवा ३ बजेतिर भोटेकोशीमा आएको बाढीका कारण नेपाल– चीन जोड्ने मुख्य मितेरी पुलमा समेत क्षति पुगेको जनाइएको छ ।

“सवारीसाधन धेरै बगाएको सूचना आएको छ,” जिल्ला प्रहरी कार्यालयका डीएसपी हेम बहादुर शाहीले भने, “कन्टेनर पुरिएको खबर आएको छ । हामीले प्रहरी परिचालन गरेका छौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार त्यहाँ थुप्रै कन्टेनर पुरिएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।यस्तो छ प्राधिकरणले दिएको जानकारी–छिमेकी चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा आज बिहान अन्दाजी ३स्१५ बजे रसुवा जिल्ला, गोसाईकुण्ड गा।पा। रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ।  त्यसैगरी, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ।

हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित गरिन्छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.