दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता

दार्चुला- दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२ तल्लो दुम्लिङ्गका २८ वर्षिय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइन मार्फत जाँदै गर्दा डोरी चुडिएर उहाँ महाकाली नदीमा खसेको उहाँले बताउनुभयो । नेपालतर्फ दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रुपमा तुइन लगाउने गरेको पाइएको छ ।

बेपत्ता नारायणसँगै अन्य दुई जना स्थानीय एकै पटकमा तुइन तरिरहेकाबेला डोरी चुडिएको बताइएको छ । यस्तै, सँगै तुइन तरिरहेका उहाँहरुमध्ये दुई जना सकुशल छन् भने नारायण महाकालीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटना मध्यान्ह १२ बजेतिरको भएको उहाँले जानकारी दिनुभयो ।

बेपत्ता नारायाणको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.