आज ३१ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विविद् कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । ३१ औँ विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विश्वका आदिवासीहरूले तीन दशकदेखि मनाउँदै आएको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउने गरेका छन् ।

यस वर्षको दिवसमा नेपाल आदिवासी जनजाति महासङ्घले ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, यूएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा तय गरेको छ ।

नेपालको संविधानले आदिवासीको प्रतिनिधित्व सुनिश्चित गरेपछि राज्यका हरेक निकायमा आदिवासी जनजातिको सहभागिता बढेको छ । नेपालको मौलिक परम्परा र सांस्कृतिक पहिचानको संरक्षणमा आदिवासी जनजाति समुदायको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

Leave A Reply

Your email address will not be published.