दुहुँ गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी कार्यक्रम

Duhuदार्चुलाको दुहुँ गाउँपलिकामा स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

विहिबार आज गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश जोशीको अध्यक्षता एव गाउँपालिका उपाध्यक्ष शान्ती देवि बमको प्रमुख आर्थित्यतामा कार्यक्रम सम्पन्न भएको हो । वार्षिक समिक्षा कार्यक्रममा गत आर्थिक वर्ष २०८१÷०८२को स्वास्थ्य कार्यक्रमहरुको बारेमा समिक्षा गरिएको गाउँपलिका उपाध्यक्ष शान्ती देवि बमले जानकारी दिनुभयो ।

कार्यक्रममा दुहँ गाउँपालिका अन्तर्गत रहेका सम्पुर्ण स्वास्थ्य संस्थाले गरेको कामहरूको प्रस्तुतीकरण गर्दै लक्ष्य अनुसारको प्रगति हासिल गर्न आइपरेका चुनौती र समस्याका बारेमा व्यापक छलफल गरी चालु आर्थिक वर्षमा सुधार गर्नुपर्ने विषयमा कार्ययोजना निर्माण गरिएको छ ।

कार्यक्रममा गाउँपालिका भित्रका स्वास्थ्य केन्द्रहरुको अवस्था, बजेट र खर्चको अवस्था तथा बित्तिय प्रगति विवरण, सम्पन्न हुन नसकेका कार्यक्रम, स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाका साथै सेवाग्राहीलाई दिइने सेवाको अवस्थाका बारेमा स्वास्थ्य संस्थाका प्रमुखहरुले सहभागीहरुलाई जानकारी गराएका छन ।

Leave A Reply

Your email address will not be published.