दार्चुला ।सडकमाथिबाट पहिरो आएपछि जिल्लाको मुख्य सडकमार्ग अवरुद्ध भएको छ । आइतबार राती परेको भीषण वर्षाले पहिरो खसेपछि दार्चुला–गोकुेलेश्वर सडक खण्डको तेर्छालेक रनेबास क्षेत्रमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अवरुद्ध सडक खुलाउन गोकुलेस्वर बाट जेसिबी आएको भएपनि सडक माथीबाट निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो।
मुख्य सडकमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ । सडक अवरुद्ध भएपछि बिहानैदेखि बाहिर जिल्लाबाट दार्चुला सदरमुकाम खलंगा भित्रिने र जिल्लाबाहिर जाने गाडी उक्त क्षेत्रमा जाममा परेका छन् ।