दार्चुलामा चितुवाको छाला सहित पक्राउ परेका ऐर माथि अनुसन्धान जारी

दार्चुला । दार्चुलामा चितुवाको छाला सहित पक्राउ परेका भान सिह ऐर माथि अनुन्धान जारी रहेको छ ।

डिभिजन बन कार्यालय दार्चुलाका अनुसार ऐर माथि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जनाएको छ  ।

गत साउन २७ गते जिल्लाको शैल्यशिखर नगरपालिका वडा–३ कर्कले बाट चितुवाको छाला सहित पक्राउ परेका बैतडी जिल्ला पुचौर्डी नगरपालिका वडा ७ का ५० वर्षिय भान सिह ऐर माथि अनुसन्धान जारी रहेको डिभिजन बन कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अदालतबाट ५ दिनको म्याद थपगरि अनुसन्धान गर्न अनुमति पाएपछि उनलाई प्रहरीको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको बताएका छन ।

अदालतले दिएको म्याद आज सकिए पनि थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि सोमबार आज पुनः उनलाई अदालतमा उपस्थित गराइने बताउनु बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ऐरलाई कर्कलेबाट नियन्त्रणमा लिएको थियो ।

Leave A Reply

Your email address will not be published.