आधुनिक परिवार
गाउँका एक्ला, बुवा र आमा, गाउँकाे माँझमा ।
झुत्राे र कुप्राे शरीर बाेकि कसरी बस्छन् अँधेरी साँझमा।
छाेरा र बहु शहरकाे बीच रमाएर बसेका ।
गाउँ घरकै धन्दा बिर्सेर हेर सुखकै लागि शहर पसेका ।
बुबा र आमा,छाेरा र बहु फर्किने बाटाे कुरेर राेएका ।
छाेराकाे शान, बहुकाे फुर्ति के बुझ्थे हेर धानखेत राेपेका ।
लठ्ठीकाे साहारा, भित्ताकाे अडेस आगाेकाे भर खरानी घसेका।
छाेराकाे आसमा, बहुकाे आसमा मृत्युकाे मुखकाे परानीकसेका।
साथी र संगी, शहरकाे रमझम, जीवन छ बिचित्र ।
बुवा र आमा, घर र खेत बिर्सने हामी यहि हाे त ? चरित्र ।
कवि: कृष्ण सिह धामी कुशेश्वर माध्यमिक विद्यालय रामेछापका शिक्षक हुन्।