जिन्दगीका पानाहरु

जिन्दगीका पानाहरु

जिन्दगीका पानाहरु पल्टाउँदा,
कहिले आँसु, कहिले हाँसो भेटिन्छ।
कहिले घाम झुल्किन्छ आशाको,
कहिले बादलले अन्धकार छोप्छ।

हरेक पानामा कथा लेखिएका छन्,
कसैको साथ, कसैको बिछोड।
कसैले सिकाउँछ धैर्यता,
कसैले दिन्छ जीवनको मोड।

पानाहरु बदलिँदै जान्छन्,
तर पुस्तक कहिल्यै बन्द हुँदैन।
जीवन नामको यो यात्रामा,
आशाले मात्र नयाँ पाना पल्टिन्छ।

कवि सागर चैंसिर मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.