करेन्ट लागेर एक युवकको मृत्यु

स्याङ्जाको  पुतलीबजार नगरपालिका-९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।

पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै आएका चौधरीले नेटको कामका लागि बिजुलीको पोलमा चढ्न आल्मुनियमको भर्‍याङ अड्याउने क्रममा बिजुलीको तारमा भर्‍याङले छुँदा घाइते भएका थिए । निजको उपचारका क्रममा मृत्यु भएको जनाउँदै उनले घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए ।

रासस

Leave A Reply

Your email address will not be published.