दार्चुलामा बाढिले बगाएका पुलहरु जनश्रमदान बाट निर्माण कार्य सम्पन्न गरिएको छ । जिल्लाको व्यासँ गाउँपालिका वडा –१ छाङरुस्थित तिंकरखोला र नाम्पा खोलामा आएको बाढिले बगाएका पुलहरु जनश्रमदान बाट निर्माण गरिएको हो ।
व्यासँ गाउँपालिका वडा –१का वडा अध्यक्ष असोक सिह बोहराको नृतृत्वमा गएको टोलीले दुई वटा काठेपुल निर्माण कार्य सम्पन्न गरेको बताइएको छ ।
जनश्रमदान मार्फत नाम्पापुल निर्माण कार्यसम्पन्न भएको वडा अध्यक्ष अशोक सिह बोहराले जानकारी दिनुभयो ।
श्रमदान कार्यमा स्थानीय बासिन्दा,सुरक्षा निकायका व्यक्तिहरुको उपस्थितिमा काठेपुल निर्माण कार्यसम्पन्न गरिएको उहाँले बताउनु भयो । निर्माण गरिएका काठेपुलमा मानिसहरु ओहोर दोहोर गर्नसक्ने भएपनि जनावरहरुलाई समस्याहुने देखिएको छ ।
व्यासँ गाउँपालिका उपाध्यक्ष विनोद सिह कुवरले चिती खोलाक्षेत्रमा पनि अबरुद्ध बाटो खोल्ने तयारी भइरहेको बताएका छन । गत साउन २९ गते टिंकर खोलाको बाढीले छांगरुदेखि टिंकरसम्मका तीन स्थानका पुल बगाएको थियो ।पुल बगाएपछि टिंकर गाउँसँगको सडक सम्पर्कविच्छेद पनि भएको थियो ।