नेपाली काग्रेस दार्चुलाले आउदो मंसिर मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्ने भएको छ । सोमबार पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकारसम्मेलन मार्फत भाद्र ६ र ७ गते पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले गरेका निर्णयहरुको बारेमा जानकारी गराएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति ललित सिह बोहराको सभापतित्व तथा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य तथा प्रतिनिधि सभासदस्य दिलेन्द्र प्रसाद बडू लगायत महासमिति सदस्य तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिह धामीको उपस्थितमा बसेको बैठकले गरेका निर्णयका बारेमा जानकारी गराइएको छ ।
नेपाली काग्रेस दार्चुलाले जिल्ला सम्मेलन अगामी मंसिर मसान्त सम्म सम्पन्न गरिसक्ने निर्णय गरिएको जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । सचिव कार्कीका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले क्रियाशिल सदस्यता नविकरणको अन्तिम म्याद यहि भाद्र मसान्त सम्म तोकिएको बताएका छन ।
यसका लागि जिल्ला कार्यसमितिका मातहतका सबै तहलाई भाद्र २५ गते भित्र सदस्यता नविकरण फाराम जिल्ला कार्यसमितिमा बुझाउन निर्देशन दिएको छ ।
यस्तै पार्टीले अगामी असोज १५ गते भित्र जिल्लाका ६१ वटै वडाहरुमा वडासम्मेलन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ । सोही महिनाको मसान्तसम्म पालिकासम्मेलन पनि सम्पन्न गर्ने बैठकले निर्णय गरेको जिल्ला कार्यसमिति सचिव कार्कीले बताउनु भयो । अगामी कार्तिक मसान्तसम्म प्रदेश सभाक्षेत्रसम्मेलनहरु सम्पन्न गरिसक्ने गरी निर्णयहरु गरिएको नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।
पार्टीले पार्टीका भातृ अधिवेशन नेपाल विद्यार्थी संघ, नेपाल तरुणदल,नेपाल महिला संघ नेपाल दलित संघ,लगायतको स्थानीय अधिवेशन यहि भाद्र महिना देखि सुरु गरी अगामी कार्तिक मसान्तसम्म सम्पन्न गर्ने बैठकले निर्णयहरु गरेको छ ।