दार्चुला ।नेपाल‐भारतका सुरक्षा अधिकारी बीच भएको सीमा समन्वयात्मक बैठक दार्चुलाको खलंगामा सोमबार (आज) सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल नेपालका डिआईजी स्तरीय सीमा समन्वयात्मक (काउन्टर पार्ट कोर्डिनेशन मिटिङ) सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपती देवराज जोशीले जानकारी दिनुभयो ।
उक्त बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । बैठकमा नेपाल–भारत दुबै पक्षले आ –आफनो जिम्मेवारी क्षेत्रभित्रको विद्यमान सुरक्षा परीस्थिति र सम्भावित खतरा बारे पनि समिक्षा गरेको छ ।
सिमाक्षेत्रमा घट्नसक्ने विभिन्न अपराधिक गतिविधिहरुको बारेमा विभिन्न तहमा सुचना आदानप्रदानलाई प्रभावकारी बनाउने बारेमा समेत छलफल गरिएको शसस्त्र प्रहरीबल नेपाल नं ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशीले जानकारी दिनुभयो ।
गणपति जोशीका अनुसार क्षतिग्रस्त वा हराएका सिमास्तभको अभिलेख अद्यावधिक गरी मर्मत सम्भार संरक्षण र पुनर्स्थापनालाई सम्बन्धित कार्यालयमा प्रतिवेदन गर्ने निर्णय भएको बताउनु भयो ।
नेपाल र भारतका नागरीकहरुको आवागमनलाई सहज र र्सौहार्द बनाउन दुबै देशका अधिकारीहरु सहमत भएका छन । भारतीय एसएसबी र नेपालतिरको सशस्त्र प्रहरीले बेला बेला यस्ताखालका बैठकहरु आयोजना गर्ने पनि सहमति भएको छ ।
बैठकमा नेपालबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयका कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रदिपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपती, बैतडी, डडेल्धुरा र दार्चुलाको छाङ्गरुका गुल्मपती र भारतबाट अल्मोडाका डिआईजी सुधाम्सु नौटियाल र पिलिभितका डिआईजी अनिलकुमार शर्मा लगायत दस जनाको सहभागिता रहेको ४४ नम्बर गण दार्चुलाका गणपती जोशीले जानकारी दिनुभयो ।