दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय खोल्ने तयारी

दार्चुला ।दार्चुलाको शैल्यशिखर नगरपालिका वडा ९ गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरिएको छ । गृह मन्त्रालयले सदरमुकामको सास्ती अन्त्य गर्न गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको हो ।

ग्रामीण भेगमा रहेका नागरिकलाई प्रशासनिक सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले गृह मन्त्रालयले जिल्लाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको जनाएको छ ।

गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय खुले जिल्लाका पाँच पालिकाका नागरीकले सेवा लिन सहज हुने भएको छ । शैल्यशिख,नौगाड,मार्मा, अपिहिमाल र लेकम गाउँपालिकाको आधाभागका नागरीकहरुलाई सेवा लिन सहज हुने गृह मन्त्रालयले जनाएको छ ।

देशभर २३ नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको छ । दरबन्दी नबढाई विद्यमान स्रोत प्रयोग गर्ने योजनासहित करिब तीन लाख नागरिक प्रत्यक्ष लाभान्वित हुने यो कदम ऐतिहासिक मानिएको छ । यसका लागि गृह मन्त्रालयले देशभरका २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ ।

सोमबारको मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको हो । जसमा जनघनत्व, भौगोलिक अवस्था, पहुँचको कठिनाइ, जनताको सेवाप्रतिको अपेक्षा र दरबन्दीको समायोजनलाई आधार बनाइएको छ ।

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, विपद् व्यवस्थापन, सार्वजनिक सुरक्षा लगायतका सेवा स्थानीय तहसम्म पु¥याउन इलाका प्रशासन कार्यालयको भूमिका अपरिहार्य मानिएको छ ।

यी इलाका प्रशासन कार्यालय स्थापना भएमा करिब तीन लाखभन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष सुविधा पाउनेछन् । २०७५ सालदेखि माग भई आएका इलाका प्रशासन कार्यालयहरु थप्ने योजना यसपटक सफल हुन लागेको हो ।

Leave A Reply

Your email address will not be published.