दार्चुला ।दार्चुलाको महाकाली नगरपालिका वडा —७ भित्र तीन दिन जाडरक्सी सेवन र विक्री वितरण गर्न नपाइने भएको छ । सोमबार कार्यबाहक वडा अध्यक्ष, प्रमुख राजनितिक दलका स्थानीय प्रतिनिधि, बुद्धिजिवी,वडा पदाधिकारी ,प्रहरी चौकी धाप,र स्थानीयहरुको संयुक्त भेलाले तीन दिन वडाभित्र जाडरक्सी सेवन र विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।
हिन्दु नेपालीहरुको महानचाड गौरापर्वको अवसरमा वडाकार्यालय भित्र जाडरक्सी सेवन र विक्री वितरण गर्नमा रोक लगाइएको वडा सचिव श्याम सिह धामीले जानकारी दिनुभयो । भेलाले भाद्र १५ गते देखि १७ गतेसम्म जाडरक्सी सेवन र
विक्री वितरणमा रोक लगाएको उहाँले बताउनु भयो । यसका लागि वडा कार्यालयले मंगलबार हिजो सार्वजनिक सुचना समेत जारी गरेको छ ।
उक्त सुचनाको उल्लंघन गरिएको पाइएमा दण्ड जरिवना गरिने भएको छ । तीनदिन सम्म मादक पदार्थ विक्रीवितरण गर्नेलाई प्रथम पटक ५ हजार, दोस्रो पटक, १० हजार र तेस्रो पटक १५ हजार रुपैयाँ जरिवना तोकिएको छ ।
यस्तै गौरा पर्वमा मादक पदार्थ सेवन गरी होहल्लागर्नेलाई प्रथम पटक २ हजार दोस्रो पटक ३ हजार र तेस्रो पटक ४ हजार रुपैँया जरिवना गरिने वडा कार्यालयले जनाएको छ । हिन्दु नेपालीहरुको महानचाड गौरापर्व धापमा अन्यठाउँको भन्दा बढिव्यक्तिहरुको उपस्थिति हुने गरेको छ ।