दार्चुला । दार्चुलामा अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । भूमि समस्या समाधान आयोग दार्चुलाले बुधबार आज एक कार्यक्रमका बिच जग्गा धनी प्रमाण पुर्जा वितरण गरेको हो ।
नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको उपस्थितिमा जग्गा धनी पुर्जा वितरण गरिएको छ । पछिल्लो पटक गठित भूमि समस्या समाधान आयोगले जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ ।

भूमि समस्या समाधान आयोग दार्चुलाले शैल्यशिखर नगरपालिका वडा —६ का ५ जना अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लालसिह धामीले जानकारी दिनुभयो ।
भूमि समस्या समाधानका लागि गठित विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने कार्यविधि २०८१ अनुसार शैल्यशिखर नगरपालिका वडा –६ का अव्यवस्थित बसोबासीलाई दोस्रो चरणमा जग्गाधनी पुर्जा वितरण गरिएको उहाँले बताउनुभयो ।

यस अघि आयोगले शैल्यशिखर नगरपालिकाकै वडा नम्बर ६ को मिलमिली, पनेवाँज, उल्लानी, ग्वानी र टुणा बस्तीका गरी ४७ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको थियो । आयोगले भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीलाई आवश्यक प्रक्रिया पुरा गरेपछि जग्गाधनी पुर्जा वितरण गरिरहेको छ ।

नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा समन्वय समिति प्रमुख महादेब बडू, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसीर, नेपाली कांग्रेसका जिल्ला सभापति ललितसिह बोहरा नेकपा एमाले जिल्ला किमिटि सचिव उमेश राज जोशी लगायत संञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
