दार्चुलामा गौरा पर्वको चहलपहल बढ्यो

दार्चुला । दार्चुलामा गौरा पर्व नजिकिएसंगै रोजगारीको लागी देशवाहिर तथा घरबाहिर रहेका जिल्लाका स्थानीय बासिन्दा घर फर्किन थालेका छन् ।

गौराका लागि भारतमा रोजगारी गरेर फर्कनेहरुको संख्या पनि बढ्दै गएको छ । दार्चुला सहित सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आज व्रतालु महिलाले बिरुडा भिजाएर गौरा पर्वको सुरुवात गरेका छन ।

त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भन्ने गरिएको छ । दार्चुलाका विभिन्न सीमा नाका भएर भारतबाट फर्कनेहरुको संख्या बढेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गौरा पर्व आउन केही दिन मात्रै बाँकी रहेकाले घर फर्किनेको लर्को लागेको हो ।

गौरा नजिसकिए संगै गाउँघर तथा बजारहरुमा पनि चहलपहल बढेको छ । गौरा पर्व नजिकिए संगै सदरमुकामको खलंगा,भारतीय बजार धार्चुला,मालिकार्जुन,गोकुलेश्वर बजारमा चहलपहल बढेको स्थानीयहरुले बताएका छन ।

घर बाहिर भएकाहरु पनि घर फर्किने र गौराको समयमा नयाँ लुगा लगाउने चलन रहेकाले बजारमा पनि चहलपहल बढेको स्थानीय विनोद सिह धामीले जानकारी दिनुभयो ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवि अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।

त्यती बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको हो । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थलमा फाग गाएर पूजाआजा गर्छन ।

Leave A Reply

Your email address will not be published.