नेटवर्कमा समस्या देखिएको भन्दै समस्या समाधान गरिदिन प्राज्ञिक विद्यार्थी परिषदको माग

दार्चुला । दार्चुलामा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको भन्दै समस्या समाधान गरिदिन प्राज्ञिक विद्यार्थी परिषदले टेलिकम दार्चुलासंग माग गरेको छ । बिहिबार प्राज्ञिक विद्यार्थी परिषदले नेपाल टेलिकम दार्चुलालाई ध्यानाकर्षणपत्र बुझाउँदै समस्या समाधान गरिदिन आग्रह गरेको हो ।

प्राज्ञिक विद्यार्थी परिषदका जिल्ला संयोजक अनिलचन्द्र जोशीले नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएको बताएका छन । परिषदले जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ मुल्ला, मैखोली क्षेत्रमा विगत १०÷१५ दिनदेखि नेटवर्कमा समस्या देखिएकोले समस्या समाधानका लागि आग्रह गरेको बताउनु भयो ।

टेलिकमको सेवामा समस्या हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित भएको बताइएको छ । परिषदले बर्षातको समय भएकाले आपतकालीन समयमा कुनै घटना भएपनि नेटवर्कमा समस्या हुदाँ फोनसम्पर्क गर्न समस्या भएको जनाएको छ ।

उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन् । बर्षा शुरु भएसंगै मुल्ला र मैखोली लगायत अन्य ठाउँमा रहेको टावरले काम गर्न छोडेको स्थानीयहरुले बताएका छन् । समस्या समाधान गरी जनताले पाउनुपर्ने सुचना संञ्चारको हकलाई सुनिश्चित गर्न टेलिकम संग परिषदले माग गरेको छ ।

लगातारको बर्षा र अन्य विभिन्न कारणले नेटवर्कमा समस्या आएको हुन सक्ने नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । समस्या समाधानका लागि कार्यालयको तर्फबाट पहल हुने उहाँले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.