लिबियाको तटबाट ९२ गैरकानुनी आप्रवासीको उद्धार

दार्चुला – शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सोमबार ९२ गैरकानूनी आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको जनाएको छ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको ट्वीट अनुसार हिजो राती ९२ जनालाई त्रिपोली फर्काइएको थियो जसमध्ये ४ जना महिला थिए। उनीहरू एक दिनअघि जुवाराबाट त्यता प्रस्थान गरेका थि। यो वर्ष तटीय सुरक्षाबाट यस्तै घटनामा झण्डै २८ हजार व्यक्तिलाई लिबिया फर्काइएको जनाइएको छ।

लिबियाले २०११ देखि असुरक्षा र अराजकताको सामना गरिरहेको छ जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक आकर्षक केन्द्र बनाएको छ।यसैबीच संयुक्त राष्ट्र एजेन्सीले भर्खरै लिबियाका अधिकारीहरूलाई शरणार्थहरूको अवस्थालाई सम्बोधन गर्न आह्वान गरेको छ। एएनआई सिन्ह्वा

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.