सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध गौरा पर्व मड मालिकार्जुन

नरेन्द्र सिंह धामी
मालिकार्जुन गाउँपालिका
वडां नं. ३ भौतडी
सुदूरपश्चिमप्रदेशप्राकृतिक वैभव र सुन्दरताले सम्पन्न हुनुको साथैविभिन्न जात जाति धर्म, संस्कृतिले सुशोभित प्रदेश हो । लोक संस्कृित, लोक साहित्य, मौलिक परम्परा एबम् चाडपर्व, पुरातात्विकमहत्व र प्राकृतिक सम्पदाहरुको दृष्टिकोणले पनि यो प्रदेश निकै वैभवशाली छ। सुदूरपश्चिमप्रदेशको सेती र महाकाली तथा भारतको अल्मोडा, कुमाउ, गड्वाल आदि क्षेत्रमागौरापर्व बडो हर्षोल्लास र धूमधामका साथ मनाइने गरिन्छ । सेती महाकालीबाट वसाईसरी अन्यत्र गएका समुदायहरुले ती ठाँउहरुमा समेत पुख्र्यौली थलोको जस्तै ममतापूर्वक गौःरापर्व मनाउनथालेका छन् । मुलुकको राजधानीकाठमाण्डौमापनि सुदूरपश्चिमेलीहरुले विशेष उत्साह र उमंगका साथयस पर्वलाई मनाउने गरिएको छ । योदिन नेपाल सरकारले सुदूरपश्चिमेलीहरुकालागि सार्वजानिकविदा समेत दिने गरेकोछ । यो पर्व विभिन्नठाँउहरुमाआ–आफ्नै रीतिरिवाज र मौलिक परम्परा अनुसार मनाईने गरिन्छ । यो पर्वमा खासगरी गौरी, महेश्वर र गणेशको पूजाहुन्छ ।
भाद्र पञ्चमीका दिनदेखि शुभारम्भ हुने यसपर्वमाविवाहितमहिलाहरुले आफ्नो पतिदेवको सौभाग्यएवम् दिर्घायुको कामना गर्दै ब्रतोपासना गरेर महेश्वर, गौरी र गणेशको पुजा गर्ने गर्दछन् । सुदूरपश्चिमप्रदेश अन्तर्गत दार्चुलाजिल्लाको मालिकार्जुन गा.पा३ मड. अवस्थित मालिकार्जुन राष्ट्रियधाममा सुदुरपश्चिमप्रदेश क्षेत्रकै प्रसिद्धगौःरापर्व हुनेगर्दछ ।
मालिकार्जुन गाउँपालिका वडा नं ३ मड. गाउँमा मालिकार्जुन देवताको भणारीघर र भौतडी गाउँमा लटैनाथ देवताको भणारीघर, वालीचन देवता, कैलपाल देवताको भणारीघर तथाअन्य सबै समुदायका सामुदायिकभणारीघरहरु रहेकाछन । पञ्चमीकादिनव्रत बसेका सबै विवाहितमहिलाहरु आ–आफ्नो आलकेर अनुसार मडतथाभौतडीका भण्डारी घरहरुमा भेलाभई मड र भौतडीवाट एकै समयमाविहानै भाँडाहरु लिई पानीमुहान, धारा, ईनारमा चोखो जल लिनजान्छन र जल लिएर आ–आफ्ना भणारी घरहरुमा फर्कन्छन । फर्केर आ–आफ्ना भणारी घरहरुमातामाकाठुलाभाँडाहरु (चर, ढकेरो, पराद, तौलो) मापाँचकिसिमकाअन्न गेडागुडी (गहत, गुराँस, गहुँ, मास र कलौं) भिजाउँछन । स्थनीयभाषामायी पञ्चअनाजको मिश्रणलाई पञ्चविरुडा भनिन्छ ।पञ्चविरुडा भिजाउने यस दिनलाई “विरुडापञ्चमी” भनिन्छ । यहीदिन गौःरा पर्वको पहिलो दिनहो ।
भोलिपल्टषष्टीको दिनपनिदुबै गाँउभरिका ब्रतालु महिलाहरु आ–आफ्ना भणारीघरहरुमा भेलाभइ अघिल्लो दिनभिजाएकापञ्चविरुडालिएरपानीमुहान, धारा तथा ईनारमागइकुश, वेल, बल, रोडियों, अँसेलु र सौंवाटगौरीको प्रतिमावनाइ गौरीको पुजागर्ने गर्दछन। पुजागर्दा संम्पुर्ण ब्रतालु महिलाहरु लयबद्ध रुपमा गोर¥यल फागगाउने गर्दछन । नवविवाहितमहिलाहरु अर्थात निःसन्तानीमहिलाहरु सन्तानप्राप्तिको लागि यो व्रतबस्ने धार्मिक विश्वास छ । पानीमुहानमाविरुडाधुने र गौरीको पुजाअर्चनाको कार्य सकेर सबै महिलाहरु आ–आफ्नो शिरमा (टाउकोमा) विरुडाको भाँडाहरु बोकीपंक्तिबद्धभई गौःराको फागगाउँदै नाच्दै रमाउदै कमिलाको लस्कर झै पंक्तिबद्ध भइ फर्किन्छन र आ–आफ्नो भणारी घरहरुमाधोएर ल्याएकाविरुडाका भाँडाहरु राखी महिलाहरु ठाडोखेल, ढुस्कु, डेउडा, न्याउल्या खेल खेल्दछन् । साँझपखपुनःब्रतालु महिलाहरु मड र भौतडी भणारीघरमागई कुश, वेल, बल, रोडियों, अँसेलु र सौंबाटगौरीको प्रतिमाबनाइपूजाआराधाना गर्ने गर्दछन । साथै गौरीको प्रतिमामाचढाएकादुई थरी धागो (दुवधागो र सप्तमी) मध्ये सप्तमीधागोको अभिषेक गरी पुजारीले सबै व्रतालु महिलालाई दिन्छन र सप्तमीधागो ग्रहण गरेर मात्रब्रतालु महिलाहरु भोजन गर्दछन । भोजनपछिमहिलाहरु रातभरी गोर¥यल, फाग, ठाडोखेल, ढुस्कु, न्याउल्या डेउडा खेल्दै जागराम बसी रात विताउँछन ।
अष्टमी (अँठवाली) को दिनपनिब्रतालु महिलाहरु मड र भौतडीका भणारी घरहरुमा भेलाभई माथिउल्लेखितकुश, वेल, बल, रोडियों, अँसेलु र सौंबाटगौरीको प्रतिमावनाइविशेष किसिमको डालोमा राखी गौःरा तयार गरी श्रृङ्गार गर्दछन । त्यति वेलासम्म अन्यगाँउठाँउबाटपनिमान्छेहरु भेलाभइसकेका हुन्छन । मड. र भौतडीगाँउकादुवै गौःरा देवीलाई भोकर तथाविकुलवाँजाको संकेतको माध्यमबाट एकै समयमा मालिकार्जुन मन्दिरतर्फ लगिन्छ । कमिलाको लस्कर झै एकै पंक्तिमा पक्तिवद्धभएर पालै पालो एक पछिअर्कोले गौःराको सुसज्जित प्रतीमा बोक्दै नाच्दै खेल्दै गरेको दृष्य यसपर्वको अत्यन्तआकर्षक पक्षमानिन्छ । यीदुबै गाँउहरुबाटकरिव १ कि. मी. हिडिसकेपछिमालिकार्जुन मन्दिर भन्दाअलितल अवस्थित दुदिला चौतारीमादुबै गाँउबाटश्रद्धापूर्वक ल्याइएका गोःराका प्रतिमूर्तिहरुलाई भेटघाट गराईन्छ । यस चौतारीलाई “दोगोरभिटा” भनिन्छ । यहाँको भनाइअनुसार मड. गाउँवाटआउने गौःरालाई दिदी र भौतडीगाउँबाटआउने गौःरालाई बहिनीभन्ने गरिन्छ । यो ठाँउमाबहिनीलाई भेट्न दिदीअलिकति रोकिन्छिन वहिनीले दिदीलाई भेटी प्रर्णाम गर्दछिन । अनिदुबै दिदीवहिनीहरुलाई दमाहा, भोकर, विकुल जस्ता स्थानीय बाँजागाजा बजाउँदै हर्ष उल्लासका साथ मालिकार्जुन मन्दिरमालगिन्छ । महिलाहरु गोःराको फागगाउँदै नाच्दैरमाउँदै दुबै दिदीबहिनीहरुलाई खेलाउँदै “हल्लोरी वालाहल्लोरी’ गाउँदै दुबै दिदीवहिनीहरुलाई मालिकार्जुन मन्दिरमा पु¥याउछन । यो यात्रा मन्दिरसम्म पुग्दामन्दिरमाटाढाटाढाबाटहजारौँ मान्छेहरुको अपार मेलालागिसकेको हुन्छ । दुबै ठाउँबाट ल्याइएका गौःरा देवीका प्रतिमुर्तिहरुलाई मन्दिरमा पु¥याई सकेपछिमहिलाहरु दुबै दिदीवहिनीहरुलाई विचमा राखीगोर¥यल, फाग, धुनीगाउदै पञ्चविरुडा र फुलआदिले पूजागर्ने गर्दछन । यो कार्य चलिरहेकै समयमा मन्दिर परिसरभित्रकै विशिष्ट स्थानमायहाँको पौराणिक परम्परा बमोजिमधामीमाअवतार देवता काँप्ने कार्यहुन्छ । तीधामीमाअवतार देवताले यो पर्वमा समर्पित सबै श्रद्धालु भक्तजनहरुलाई सौभाग्यसहितआर्शिवाद र प्रसाद दिने गर्दछन । त्यसपछि ब्रतालु महिलाहरुले दुबै दिदीबहिनीगौःरादेवीलाई चढाइएका विरुडा फलफूलहरु तिनिहरुको विशालहुलमाआकाशतिर फालिन्छ । त्यहाउपस्थित सबैलेतीफालिएका विरुडा र फलफूलआकाशमाथि नै समात्ने प्रयास गर्दछन । जसले आकाशमै तीविरुडा र फलफूलहरु समात्न सक्यो उसले छिटो गौरी महेश्वरको वरदानतथाआर्शिवादप्राप्तगर्ने धार्मिक विश्वास रहिआएको छ । जसलाई स्थानीयभाषामाफलफट्काइनु’ भनिन्छ । फलफट्काएपछि सबै ब्रतालु महिलाहरु पञ्चमीकादिनगौःरा देवीलाई चढाएको दुवधागो लिई नयाँदुवधागो ग्रहण गर्ने र पुरानो दुवधागोलाई सेलाउने (विसर्जन)गर्ने गर्दछन । नयाँदुवधागो धारणगरिसकेपछि आफ्नो आङ (शरीर) शुद्धतथा पवित्रभएको अनुभूति गरी दुवधागोलाई सौभाग्यको प्रतीकको रुपमालिने गर्दछन । त्यसपछिव्रतालु सबै महिलाहरु गौःरा देवीलाई चढाएका पञ्चविरुडालिइ सबैभन्दापहिलाशिव स्वरुपआफ्ना पतिदेवलाई पुज्ने, दण्डवत प्रणाम गरी आर्शिवादग्रहणगर्दछनभने अनिपछिआफन्तइष्टमित्र सबैलाई पञ्चविरुडाले पुजी आफुभन्दा ठूलावाटआर्शिवादलिने र सानालाई आर्शिवाददिने गर्दछन । “बाघजतिवल्ल्यो भए, स्यालजति छट्टुभए, गुफाकिन्याफल्झे दुवाकीजसीझालहोइझौ, केलाकी राई जस्याँबढिझे, हिउँचुलीको हिउँछन्ज्यासम्मबाँचिरएजस्तो मांगलिकमन्त्रउच्चारण गरी गौःरा देवीको सौभाग्यसहितको वरदानपाउने विश्वासका साथ सबै आ–आफ्नो घरतर्फ प्रस्थानगर्दछन ।
लेखक मालिकार्जुन संस्कृति संरक्षण तथा सम्वद्र्धन केन्द्र मडदार्चुला तथा मालिकार्जुन गाउँपालिका दार्चुलाका निवर्तमान अध्यक्ष हुुनहुन्छ ।

Leave A Reply

Your email address will not be published.