द्धापरयुगमा पाण्डवहरू बनबासको ऋममा घुम्दै आएर एकै रातमा मन्दिर निर्माण गरेका हुन भन्ने किंवदन्ती रहेको छ। यस पञ्चदेव शिव धाम सप्तदेवल मन्दिरमा सातवटा देवलहरू रहेका छन। तिनै सातवटा देवलहरूले गर्दा प्राय व्यक्तीहरुले यस मन्दिरलाई सप्तदेवल भनेर पनि चिनिन्छ। सप्तशिवालयहरु मध्ये तीन वटा बिचमा रहेका देवालयहरुमा लिङ्ग स्थापना भएर मासिक रुपमा संक्रान्ति पुर्णिमा शिवरात्री नवरात्रीहरुमा नित्य पूजा गर्ने गरिन्छ तीन देवल मध्ये मुख्य दुईटा देवालयमा र एउटा सहस्त्रलिङ्ग सानो शिवलिङ्ग रहेका छन ।मुल देवालयमा शिवजीको नामबाट पुजा गरीने दोश्रो देवालयमा जगन्नाथ बाबाको नामबाट पुजा गरीने तेस्रो देवालयमा गणेश जी नामबाट पुजा गरीने गरीन्छ बाँकी चार वटा देवलहरूमा लिङ्ग स्थापना नभएको र मन्दिर निर्माण गर्दा प्रयोग गरीएका हातहतियारबाट सुसज्जतीत पाण्डवहरूका चित्र कुदिएका छन्।
सो सर्वसाधारण मानिसहरुले सहज रुपमा दर्शन गर्न सकिन्छ ।मन्दिर छेउमा एउटा शिवालय शिव कुण्ड रहेको र सो कुण्डमाथी देवालय थियो भन्ने किंवदन्ती रहेको छ । बिगतमा पिपलको रुखबाट क्षति पुगेको भन्ने वुढा पाकाहरुको भनाई छ। उक्त स्थानकमा एउटा कुवा रहेको कुण्डको जललाई स्थानीय मानिसहरूले शिवजटाको जल मानेर स्नान गनै गदेछन। र सो कुण्डको जलले स्नान गरेमा पुण्य मिल्दछ भन्ने किंवदन्ती रहेको छ वर्तमान समयमा पनि बैतडी जिल्लाको प्रसिद्ध धार्मिकस्थल र शक्तिपिठहरु लगायत जगन्नाथ बाबा मन्दिरमा सो जलको अभिषेक गरी पुजाआजा गनै परम्परा रहि आएको छ । सातवटा शिव देवसलयहरु मध्ये पाँचवटा पाण्डवहरूले एउट पावडव माता कुन्तीले ले तथा एउटा पाण्डव पत्नि दोपतीको सम्भमा रहेको मानिन्छ। एकै रातमा बनाएका उक्त मन्दिरहरू मध्ये एउटा मन्दिर अधुरो अवस्थामा रहेको छ ।उक्त अधुरो मन्दिर बनाउने ऋममा उज्यालो भएको हुदा छोडेर गएका हुन भन्ने भनाई रहेको छ भने अर्को तिर हुमायु राजाले सो मन्दिरमा रहेका खर खानाहरु निकालेर लगेको भन्ने किंवदन्ती पनि रहेको छ। बि स १९९०सालको महाभुकम्पको समयमा विचभागमा रहेको देवालय भत्कीदा मन्दिरको दुप्पोमा रहेका ढुंगाका ठुला गजुरहर खस्नुका साथै आधादेवालयहरु समेत भत्केर जिर्ण अवस्थामा रहेको अवस्था छ। भत्केका देवालयहरुलाई पुरातात्विक विभागले ऋमिक रुपमा पुनः पुनर्निर्माण गरी रहेको र (क) वर्गको पुरातात्विक मन्दिर कायम गरी भत्केका देवालयहरु पुन मर्मत गरी मन्दिर निर्माण बखत गर्भगृहमा भेटिएका तलवार भाला त्रिशुल भाडावर्तन तथा अन्य महत्वपूर्ण सामग्री हाल सम्म सुरक्षीत राखीएका छन । वर्तमान शिवालयमा मासिक रुपमा पुजाआजा गर्न देवलहाटका भट्ट परिवारका पुजारी र मार्कण्ड परिवारका भराणेबाट नियमित रुपमा पुजाआजा गरीदै आएकोछ बर्षको एक पटक लाग्ने शिवरात्री पर्वमा ऊँ नमः शिवाय धनुको धुमधाम साथ अहोरात्र जाग्राम बसी भजनकीर्तन गरीन्छ सोही रात्री निसन्तान दम्तत्तीहरुले हातमा दियो बाली रातभरी शिवजीको समिपमा खडा भई रहेमा पुत्र प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। शिवजीको मन्दिरको समिपमा काल भैरवको स्थापना गरिएकोछ शिव महिमाको वणृन गरी स्थापित ठाउँमा सुक्का खरेडी परि पानीको अभाव रहेको रहेको समयमा जिल्लामा रहेको तत्कालीन गडीगौडा खलंगाका वडा हाकिम कालोपल्टन द्वारा सज्जीत भई मन्दिर परिसरमा हर हर महादेव पानी देउ खेतका डल्ला सुकेका महादेव कहा लुकेका भन्ने भक्तीपुर्ण भजन गरी आउदा स्थानिय गाउलेहरुले ऊक्त वाला लस्करको शरिरमा पानी छरी स्वागत गनै र उनीहरु मन्दिर परिसरमा प्रवेश गरी परिऋमा गर्दा पानी पर्ने समेत किंवदन्ती रहेको छ।
पञ्चदेवल शिवधाम संरक्षण र र्यटकको प्रखाइमा
सुदूरपश्चिमको बैतडी जिल्लाका बिभिन्न स्थानमा रहेको पञ्चदेवल शिव धाम सप्तदेवल संरक्षण र प्रयटकको प्रखाइमा रहेका छ ।
बैतडीको दशरथ चन्द नगरपालिका वडा न.४ मा रहेको किम्वदन्ती (कथन) अनुसार द्वापर युगमा वनबास यात्राको क्रममा पाण्डव हरुले एकै रातमा निर्माण गरेका देवल हुन भन्ने मान्यता रहेको छ । बैतडीमा रहेका पर्यटकिय तथा धार्मिक स्थलहरु प्रसार प्रसारको अभावमा ओझेलमा परेका हुन । अदभुत वास्तुकला, शिवकुण्ड मान्यता अनुसार द्वापर युगमा पाण्डव हरुले वनबासको समयमा बनाएको भन्ने जनश्रुति रहिआएको छ । यहाँ निर्मित स्तंभ हरु ६ ओटा पूर्ण बनेका र सातौं अधुरो बनेको देख्न सकिन्छ जनश्रुति अनुसार ६ देवल बनाई सकेपछि सातौं बनाउने क्रममा उज्यालो हुन । गएको र त्यसैले सातौं देवल अधुरै रहेको हाल समेत देख्न सकिन्छ । अहिले यो पवित्र स्थल नेपाल पुरातत्व विभागको रेखदेखमा रहेपनि संरक्षण र प्रसारपचारको अभाव रहेको बैतडीको दशरथ चन्द नगरपालिका वडा न. ४ देवलहाँटका स्थानिय उद्धव सिंह मार्कण्डले बताए ।
उनले भने “दर्शन गर्न चाहनेले जहिले पनि यता आउन सकिन्छ। जे पनि कोरिएको अथवा बनाइएको छ त्यो सबै ढुङ्गा मा नैं छ त्यसैले अहिलेको बिज्ञान तथा प्रबिधिको यूगमा समेत यस्तो हस्त निर्मित बनाउनु पर्यो भने असम्भव जस्तै लाग्छ । आँखाले हेर्दैमा लाग्छ कि यी स्थल हरु हालका वर्ष हरुमा निर्माण त गरिएका होइनन्” ?
बैतडीका पवित्र पञ्चदेवल शिव धाम सप्तदेवल बारे यहाँका स्थानिय व्यक्ति हरु बाट प्राप्त जानकारी अनुसार २०७९ पोष ३ गते पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशन गरिएको थियो भने यो मन्दिर एकै रातमा पाण्डवहरूले निर्माण गरिएको किम्बदन्तीे छ।
यो सम्पदा २०६४ सालमा पुरातात्विक विभाग रामशाहपथ काठमाडौंमा दर्ता भएको थियो ।
स्थानिय उद्धव सिंह मार्कण्डका अनुसार सुदुरपश्चिम प्रदेशभरि दुर्लभ लाखेनाँच, गौरा पर्वको अवसरमा यसै क्षेत्रमा मनाइने गरिन्छ । पञ्चदेवल रहेको स्थानमा २०३६ सालमा शंकर आचार्य नरहरी योगी महाराज आउनु भएको समेत भनाई स्थानियको भनाई रहेको छ ।
स्थानिय भन्छन यस पवित्र स्थललाई पञ्चदेवल मनिए पनि यहाँ सात वटा देवलहरू रहेका छन । उनिहरुका अनुसार यो मन्दिर पाण्डवहरुले निर्माण गरेको हुनाले यस मन्दिरको नाम पञ्चदेवल शिव धाम सप्तदेवल रहन गएको हो । पञ्चदेवल शिव धाम सप्तदेवलमा पुरानो शिलालेख छ। उक्त शिलालेखमा लेखिएको अक्षर आज सम्म कसैले पनि बुम्न नसक्ने खालका छन् । परम्पारा देखि नै पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर मुल पुजारी भट्ट परिवार र पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर भण्डेर मार्कण्ड परिवार रहने प्रचलन रहेको छ ,पञ्चदेवल नजिकै कालभैरवको मन्दिर समेत रहेको छ। त्यस्तै पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकैे शिव कुण्ड पनि छ।
पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकै सहस्रलिंग समेत रहेको छ जसको दर्शन गर्न मात्रै नेपाल र भारतका बर्षैनी लाखौ भक्तजन आउने गर्दछन्। सहस्त्रलिङ्ग १ हजार ८ शवलिंग कुँदिएका छन् । बैतडीमा रहेका देवालय सहस्रलिंग शिंवकुण्ड धार्मिक रुपमा मात्रै नभएर ऐतिहासिक र पर्यटनको दृष्टिकोणले समेत महत्वपूर्ण रहेका छन् । यस्ता सम्पदाहरुको समयमै उचित संरक्षण र प्रसाप्रचार गर्न सकेमा समग्र बैतडीको मात्रै नभएर राष्ट्रकै अर्थतन्त्रसमेत सबल बन्ने सम्भावना बोकेको छ । तर स्थानिय सरकार र केन्द्र सरकारको ध्यान यस्ता क्षेत्रमा केन्द्रत नहुँदा ओझेलमा परेका छन । नेपालकै दुर्लभ सहस्त्रलिङ्ग बैतडी देवलहाट उपर्युक्त मुर्ति अतिरिक्त देवलहरुदेखि उक्त परिचपट्टि थोरै पर एउटा नाउलो पानी खाने कुवा माथि कलात्मक शिवलिङ्ग छ। उक्त शिवलिङ्ग माथि धेरैको संख्यामा लिङ्गका अाकृतिहरु कुँदिएका छन्। जसलाई स्थानीय वासिन्दाहरुले सहस्र लिङ्ग भन्ने गर्दछन् । यो लिङ्ग १.९० मिटर परिधि रहेको पीठमाथि प्रतिस्थापित छ। यसको लिङ्ग भाग मात्र ५० से.मी. देखि परिधि र पीठिकादेखि माथिको भाग २६ से.मी.रहेको छ। लिङ्ग माथि पन्ध्र वटा तेस्रो रेखामा ऋमबद्ध रुपमा स सानो लिङ्ग खोपिएको छन्। पाण्डवहरुले यो शिवलिङ्ग माथि धेरैको संख्यामा लिङ्गको आकृति कुदिएको छन् जो भगवान् शिवको १००८वटा यह नाम एवम् स्वरुपको प्रतिक हो । प्रारम्भमा यो शिवलिङ्ग त्यहाँका सातवटै देवलहरुमध्ये कुनै एउटा एउटा प्रतिस्थापन गरिएको हुन सक्ने देखिन्छ उक्त शिवलिङ्ग कहिले कसले स्थानमा गरेको हो त्यसका बारेमा सुचना दिने ऐतिहासिक प्रमाण प्राप्त हुन सकेको छैन।
ऐहासिक पृष्ठभूमि
निर्माण काल निर्माण कर्ता आदि-यी विशाल देवल समुह कहिले र कोद्धारा निर्माण गरियो कतैबाट खुल्न आएको छैन तर अत्यन्त सुन्दर र शुक्ष्म कलाकारिताले भरिएका यी १३औं १४औंशताब्दिका वास्तुकलाका नमुना होलान भन्न सकिन्छ।
सात देवल मध्ये मुख्य देवल केही अग्लो र फराकिलो छ :-
ऋमश:-
(क ):- लम्बाई: १३ फिट
(ख ):- चौडाई: ८ फिट ४ इन्च
(ग ):- उचाई :३०फिट
(घ) :- भित्ताको विवरण कलात्मक काटिएका ढुंगाको भित्ता
(ङ ) :- ढुंगा फलाम
(च ): – छानाको किसिम र काल ढुंगाको भित्ता साँगुरिंदै छानो बनेको छ र शिखरमा चऋाकार ढुंगाकै विशाल हजुर छ।
पञ्चदेव शिव धाम सप्तदेवल मन्दिर करिब १रोपनी क्षेत्र देवल क्षेत्रकै नाममाछ।
नित्य पुजा गर्ने गरिन्छ मासिक रुपमा संक्रान्ति पुर्णिमा शिवरात्री नवरात्रीहरुमा पुजा गर्ने गरिन्छ।
(क): – मुल देवालयमा शिवजीको नामबाट पुजा गरीने।
(ख):- दोस्रो देवालयमा जगन्नाथ बाबाको नामबाट पुजा गरीने।
(ग):- तेस्रो देवालयमा गणेश जी को नामबाट पुजा गरीने गरिन्छ।
पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर बैतडी जिल्लाको द.न.पा ४ मा अवस्थित रहेको छ।किम्वदान्ती वा कथन अनुसार द्वापर युग मा वनबास यात्राकै क्रममा पञ्चपाण्डवहरुले एकै रातमा निर्माण गरेका देवल हुन भन्ने सुनिन्छ जीवन मा मौका मिले एकपल्ट अवश्य दर्शन गर्नु होला एकदमै धार्मिक स्थल लाग्छ ,,अदभुत वास्तुकला, शिवकुण्ड, मान्यता अनुसार त द्वापर युगमा पञ्च पाण्डव हरुले वनबास को समय मा बनाएका भन्ने जनश्रुति रहिआएको छ । यहाँ निर्मित स्तंभ हरु ६ छ ओटा पूर्ण बनेका र सातौं अधुरो बनेको देख्न सकिन्छ जनश्रुति अनुसार ६ देवल बनाई सकेपछि सातौं बनाउने क्रम मा उज्यालो हुन गएको र त्यसैले सातौं देवल अधुरै रहेको हाल समेत देख्न सकिन्छ ,, अहिले यो पवित्र स्थल नेपाल पुरातत्व विभाग को रेखदेख मा छ भने दर्शन गर्न चाहने ले जहिले पनि यता आउन सक्छन् । जे पनि कोरिएको अथवा बनाइएको छ सबै ढुङ्गा मा नैं त्यसैले
हेर्दा पनि अहिले को समय मा हस्त निर्मित बनाउनु पर्यो भने असम्भव जस्तै लाग्छ ,, आँखा ले हेर्दै मा लाग्छ कि यी स्थल हरु हाल का वर्ष हरुमा निर्मित त होइनन्
यस पवित्र पञ्चदेवल धाम बारे यहाँ का स्थानिय व्यक्ति हरु बाट प्राप्त केही जानकारी हरु :-
पञ्चदेवल मन्दिर अङ्कित हुलाक टिकट प्रकाशन २०७९/९/३ गते ।।
पञ्चाङ्ग निर्णायक विकास समितिको महत्वपूर्ण पहलबाट अब बैतडी जिल्लाको दशरथचन्द नगरपालिकाको वडा न. ४ देवल्घाट स्थित सहस्त्रलिङ्ग मेला नेपालका राष्ट्रिय पञ्चाङ्गमा समावेश गरिएको छ ।
उक्त मन्दिर एकै रातमा पाण्डवहरूले निर्माण गरिएको किम्बदन्ती रहेको छ।
२०६४ सालमा पुरातात्विक विभाग रामशाह पथ काठमाडौं दर्ता भएको थियो।
सुदुरपश्चिम प्रदेशभरि दुर्लभ लार्खनाच गौरा पर्व को अवसर मा यसै क्षेत्र मा मनाइने गरिन्छ ।एकै रातमा बनाइएका उक्त मन्दिरहरू माध्यम एउटा अधुरो अवस्थामा रहेको छ। उक्त अधुरो मन्दिर बनाउने ऋममा उज्यालो भएको हुदो छोडेर गएका हुन भन्ने भनाई रहेको छ।२०३६ साल शंकर आचार्य नरहरी योगी महाराज आउनु भएको हो।
पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर पुरातात्विक (क) वर्गमा धार्मिक तथा पर्यटकीय स्थलको रुपमा मान्यता प्राप्त भएको स्थल हो।
यस पवित्र स्थललाई पञ्चदेवल मनिए पनि यहाँ सात वटा देवलहरू छन्।
यो मन्दिर पञ्चदेव पावडवहरुले निर्माण गरेमा हुनाले यस मन्दिरको नाम पञ्चदेवल रहन गएको हो।
पञ्चदेवल शिव धाम सप्तदेवल पुरानो शिलालेख छ शिलालेख लेखिएको अक्षर कसैले पनि बुम्न नसक्ने खालका रहेकाछन।
सदरमुकाम खलंगागढी वाट करीव दुई किलोमिटर रहेको छ।पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर मुल पुजारी भट्ट परिवार र पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर भण्डेर मार्कण्ड परिवार रहेको छ।
पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकै रहेको कालभैरव मन्दिर छ।पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकै रहेको शिव कुण्ड पनि छ पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकै पिपलरुख छ पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकै सहस्रलिंग पनि छ।
सहस्रलिंगमा १००८शिवलिंग कुँदिएका छन्
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ४देवलहाट स्थित देवालय यहाँका सहस्रलिंग शिंवकुण्ड जनताको धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण छ ।।
परिचित स्थल स्मारक संगको दुरी र दिशा देवलहाट दशरथ चन्द नगरपालीका वडा नं ४ देवलहाट बैतडी सुदूरपश्चिम प्रदेश बैतडी मुख्य बजार करिब १किमी दक्षिणमा अवस्थित छ।मुख्य पुरातात्विक वस्तु ढुंगाका शिखर देवलहरू र अन्य पुरातात्विक महत्वका वस्तुहरू पुराना घण्टहरु पुराना तामाका भाँडाकुँडा अभिलेख देख्न सकिन्छ।
वि स १९९० सालको महाभुकम्पको समयमा विभागमा रहेको देवालय भत्कीदा मन्दिरको दुप्पोमा रहेका ढुंगाका ठुला गजुरहर खस्नुका साथै आधा देवालयहरु समेत भत्केर थियो। भत्केका देवालयलाई पुरातात्विक विभागले पुन निर्माण गरी रहेको थियो।
देवलहाटमा ऐहासिकपिपलको रुख ५००बर्ष पुरानो हो।
शिव महिमाको वर्णन गरी स्थापित ठाउँमा सुख्खा खरेडी परि पानीको अभाव रहेको समयमा जिल्लामा रहेको तत्कालीन गडीगौडा खलंगाका वडा हाकिम कालोपल्टनद्धारा सज्जीत भई मन्दिर परिसरमा बि स २०२७साल तिलको एउटा घटना हो यही बसोबास गनै गङ्गादन्त भट्ट नामक ब्राह्मणले सभ्मना र पुजाआजा निम्ति यहीँको देवलहाटबाट आफुले पिथौरागढ बसाइ गरी जाँदा दियो लिएर गएछन्। सोही राती उनको घरमा चारैतिरबाट घोडाघोडाहरुले सपना देखेपछि भोलिपल्ट बिहान देवलहाटआई मन्दिरमा रुद्रिलगईमाफी मागेर उक्त दियो पुन छाडीदिएछन।
यहाँका देवलहाटसँगै परिचमपट्टि कालभैरवको मन्दिर पनि छ उक्त मन्दिरमा साउन पौष जेष्ठ कृष्णपक्षकासाथै हरेक शानिबार मंगलबार पुजा हुने गदेछ। कालभैरवको मन्दिरमा प्रत्येक वर्ष कालो बोका बलि दिन्छन्।शातिदिनुपनै परम्परागत छ उक्त बलि चदाएको कालो बोकाको मासुत्यही प्रसादको रुपमा ग्रहण गरेछन्। प्रसाद भट्ट र मार्कण्ड उपस्थित हुन परम्पराहो रुपमा ग्रहण गरेछन्।प्रसाद भट्ट र मार्कण्ड बलिदिने बेलामा समेत भट्ट र मार्कण्ड उपस्थित हुन पराम्परागत रहेको छ।
खडेरी परेको बेला प्राथना गरेमा पानीपनै जनविश्वास समेत रहेकोले यसको धार्मिक महत्व भएको स्यानीय मुल पुजारी कमलदेव भट्टले बताउनुभयो ।
पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर नजिकै
क.कुल्लीकोट दरवार छ
ख.कालभैरव मन्दिर छ
ग.बामुनी आमाको मन्दिर छ (तल्लीहाट)
घ. मालिक दुर्गा भगवती मन्दिर छ
ङ.बामुनी आमा मन्दिर( देवलहाट)
च.राईदेवत मन्दिर छ
झ.लटैनाथ बाबा मन्दिर छ
ज.कालिका देवीको मन्दिर छ
ऐतिहासिक घण्ट ५१ बर्ष पुरानो
धण्टा २०३०मा तल्लीहाटगाउँ बस्ने जयराम सिंह मार्कण्डको छोरा खड्का सिंह मार्कण्डले बैतडी जिल्लाको प्रसिद्ध धार्मिक आध्यात्मिक सांस्कृतिक उन्नतिको धरोहर मात्र नभएर ऐतिहासिक पर्यटकीय दुष्टिकोणले महत्वपूर्ण स्थल पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर चढाएको घण्ट हो।
ऐतिहासिक घण्ट ८९ बर्ष पुरानो घण्ट
सम्बन् १९९२ साल कार्तिक १०गेत हाट गाँउ बस्ने श्री जिम्वाल द्वारा कृष्ण ध्वज चन्दले श्री पञ्चदेवल शिवघाम सप्तदेवल मन्दिरलाइ अर्पण गरिएको घण्ट हो। शिवकुण्डको जललाई स्थानीय मनिसहरू शिवको जटाको जल मानेर स्नान गर्छन् र पुण्ड प्राप्त हुन्छ भन्ने किन्बदन्ती छ वर्तमान समयमा पनि बैतडीको जिल्ला प्रसिद्ध धार्मिक जगन्नाथ बाबा मन्दिर लगायतका अन्य शक्ति पिठहरूमा पवित्र जल भनि सो जलको अविरोव गरि. पुजा आजा गर्न परम्परागत रही आएको छ बैतडी जिल्लामा रहेको प्रसिद्ध धार्मिक स्थल पञ्चदेवल शिव धाम सप्तदेवल द.न पा ४ देवलहाटमा राणाकालिन समयमा यस जिल्लामा लामो समयदेखि पानी नपरी खडेरी पर्ने अवस्था सिर्जना भएपछि यस पञ्चदेवल शिव धाम सप्तदेवल धाममा शिव आराधना गरी पछि शिवले पानी वर्षाउने धार्मिक विश्वावस रहेकाले तत्कालिन बडाहाकिम निलविक्रम राणा पनि यस धाममा आएका र शिव आराधना गरे पछि पानी नपरेपछि उनले श्री पशुपतिनाथले पानी वर्षाउन सकेनन जाबो यस ठाउँको देवताले के पानी बर्षाउलान भन्ने व्यंगात्मक शव्द प्रहार गरी पछि उहाले यस धाम वाट घर जादाँ अचानक भारी वर्षा भइ घर जना नपाएपछि उनले यस शिव धाममा सत्यता रहेछ भन्ने विश्ववासले त्य समयमा तामाको साढे चढाएको थियो जुन अहिलेपनि देख्न पाइन्छ।
यो मन्दिर पञ्चदेव शिव धाम सप्तदेवल पावडवहरुले निर्माण गरेमा हुनाले यस मन्दिरको नाम पञ्चदेव शिव धाम सप्तदेवल मन्दिर रहन गएको हो।
बैतडीको पहिचान ऐतिहासिक पञ्चदेव शिव धाम सप्तदेवल मन्दिर
बैतडी अदभुत निर्माण संरचना भएको बैतडीको पञ्चदेव शिव धाम सप्तदेवल मन्दिरको प्रचारप्रसार हुन नसक्दा बैतडीको पहिचान नै लुकेको छ।
देवलको छतमा रहेको कलात्मक ढुङ्गा गजुर अहिलेसम्म कसैले पनि देवलको टृप्पोमा रास्न नसकेको स्थानीयले बताएका छन्।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं ४ देवलहाटमा रहेको पञ्चदेव शिव धाम सप्तदेवल मन्दिर ऐतिहासिक शिलालेख सुनचाँदी र ढाल तरबार र माटाका भाँडाकुडा रहेका छन् । सजिलै तरिकाले हेर्न सकिन्छ जो कसैले पनि ।पञ्चदेव पावडवकालीन देवलका रुपमा परिचित रहेको वताउनुभयो । पावडवडहरु वनबास जादा जाँदा एकै रातमा पञ्चदेव शिव धाम सप्तदेवल मन्दिर निर्माण गरेको किम्बदन्ती रहेको स्थानीयले बताएका छन् । पञ्चदेव शिव धाम सप्तदेवल मन्दिरमा प्रयोग भएको ढुंगा कहाँबाट कसरी ल्याइएका हुन भन्ने कुरा निकै रोचक रहेको स्थानीय नरेश ठगुन्नाले बताउनुभयो। देवलमा फेला परेका शिलालेखमा केही कुरालेखिएको भए पनि त्यो बेलाका भाषा कसैले पढ्न नसकेको ठगुन्नाले बताउनुभयो।
लेखक:- धार्मिक तथा समाजसेवी उद्धव सिंह मार्कण्ड द न पा ४देवलहाट बैतडी 