दार्चुलाको अपिहिमालमा पहिलो पटक आरोहण हुने १५ सदस्यीय आरोही टोली अपिहिमाल आउदै

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा अवस्थित अपी हिमाल पहिलो पटक आरोहण हुने भएको छ । यस अभियानका लागि १५ सदस्यीय आरोही टोली शुक्रबार आज त्यसतर्फ प्रस्थान गरेका छन ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले आयोजना गरेको विशेष बिदाइ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले टोलीलाई शुभकामना दिँदै बिदाइ गरेका छन । उनले अपी हिमालको पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र गर्वको क्षण भएको उल्लेख समेत गरेका छन ।

हालै सरकारले राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालमा दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमाल आरोहणको मार्ग खुलेको भएको हो ।

कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहणलाई नेपाल चिनाउने महत्त्वपूर्ण आधारका रूपमा वर्णन गर्दै शेर्पा र गैर–शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणमा नयाँ युगको सुरुआत गर्ने विश्वास व्यक्त गरेका छन ।

’यो अभियानले स्थानीय स्तरमा सहकार्य र समन्वयलाई मजबुत बनाउनेछ, साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान दिनेछ,’ मन्त्री पाण्डेले भने ।

अपी गाउँपालिकाको संलग्नता सहितको टोलीमा १५ जना आरोही सहभागी छन् । जोखिमपूर्ण भए पनि स्थानीयलाई समेत समेटेर अघि बढाइएको यो पहललाई सुदूरपश्चिम पर्यटन र पर्वतारोहणमा नयाँ अवसरको रूपमा हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.