उखु बारीबाट गाउँ पसेको स्यालले टोक्दा ५ जना घाइते

दार्चुला –  सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ८ मा उखु बारीबाट गाउँ पसेको स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । स्यालले मानिसलाई टोकेपछि स्थानीयवासी त्रसित भएका छन् ।

स्यालले मानिसलाई मात्रै नभइ पशुलाई समेत टोक्न थालेपछि स्थानीयवासीमा त्रास बढेर गएको स्थानीयवासीले जानकारी दिनुभयो ।
स्यालले टोकेर घाइते भएका सबै जनालाई रेबिजविरुद्धको खोप लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ ।

स्याल गाउँबाट हरिपुरको नहर हुँदै भागेर जङ्गल पसेको स्थानीयवासीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.