दार्चुलाका ९ वटै स्थानीयतहले पाए पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत

दार्चुला । हिमाली जिल्ला दार्चुलाका दुई नगरपालिका र सात वटा गाउँपालिका गरी जम्मा ९ वटा स्थानीय तहले पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत पाएका छन ।

संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलामा एक साथ पाँच वटा स्थानीय तहका लागि अधिकृत खटाउने कार्य गरेपछि अब निमित्तको ब्यवस्था अन्त्य भएको हो ।

गएको बिहीबारसम्म निमित्तका भरमा स्थानीय तहले कार्यालय सञ्चाालन गदैँ आएता पनि संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाको महाकाली नगरपालिकामा अनुप केसी शैल्यशिखर नगरपालिकामा राजु कुँवरलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको छ । उनीहरु दुवै जना उपसचिव हुन् ।

त्यस्तै मालिकार्जुन गाउँपालिकामा जनकसिंह उखेडा, व्याँस गाउँपालिकामा डिल्ली बहादुर खड्का र अपिहिमाल गाउँपालिकामा खगेन्द्रराज जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।

यसअघि यी पाँँच वटै स्थानीय तहमा निमित्त प्रशासकीय अधिकृतले काम गर्दै आएको थिए । डेढ महिना अगाडि लेकम, दुहुँ र मार्मा गाउँपालिकामा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाइएको थियो ।

दार्चुला जिल्लाका सवै गाउँपालिका नगरपालिका निमित्त प्रशासकीय अधिकृतबाट मुक्त भएको जिल्ला समन्वय समितिका प्रमुख महादेब बडूले बताए ।

संङ्घीयता लागू भई स्थानीय तह गठन भएयता दार्चुलाका अधिकांश गाउँपालिका निमित्त प्रशासकीय अधिकृतका भरमा सञ्चालन हुँदै आएका थिए । पहिलो पटक ९ वटै स्थानीय तहले एकसाथ अधिकृत पाएको यो राम्रो पक्ष भएको उहाँले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.