सोमबार दार्चुलामा भएको अटोरिक्सा सवारी दुर्घटनामापरी एकै परिवारका दुई जनाको मृत्यु भएको छ । भने एक जना बेपत्ता भएका छन । नौगाडको होपरिगाडबाट मसिने बगरतर्फ गइरहेको म १ ख ११४८ नम्बर अटोरिक्सा नौगाड खोला (नदी) मा खस्दा एकै परिवारका दुई जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी नौगाड गाउँपालिका वडा नं. ६ धुलिगडा (डाडा) निवासी ११ वर्षीया गिता धामी १६ वर्षीय भागरथी बडाल धामीको मृत्यु भएको स्थानीय जयभान सिह धामीले जानकारी दिनुभयो । स्थानीय धामीका अनुसार मृत्यु भएका गिता र भारगथी नातनी, र बुहारी हुन भने ४८ वर्षिया चाखुडी देवि धामी (सासु) हुन ।
भागरथी बडाल धामीको विहे गएको बैशाखमा पारस धामी संग भएको थियो । उनका श्रीमान अहिले रोजगारीको सिलसिलामा भारतको बेंडलोरमा रहेका छन । दुर्घटनाको खबर सुनेपछि उनका श्रीमान पनि घर आउने तयारीमा रहेका छन । मृत्युवरण गरेकी गिता धामी गाउँकै दुर्गा आधारभुत विद्यालय (डाडा) मा कक्षा ३मा अध्ययनरत थिइन ।आइतबार बेपत्ता चाखुडी देवि धामी इष्टमित्रहरुसंग भेटघाट गर्न वडा नं ३को डाणा जामिर नातनी गिता धामीलाई लिएर गएकी थिइन ।
भागरथी पनि माइतमै रहेकाले सोमबार आज होपरीगाडबाट संगै अटोरिक्सा चढेर धुलिगडालागि आएका उनीहरु दुर्घटनामा परी नौगाड खोलानदीमा खसेका थिए । दुई जनाको मृत्यु र एक जना वेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ स्थानीय जयभान सिह धामीले भने, ‘अहिले हाम्रो परिवारमा रुवाबासी चलेको छ ।
गाउँ शोकमा डुबेको छ यो भन्दा बढि के भनु ’ उनले भने । घटनापछि अहिले धुलिगडा (डाडा) बस्तीमा सन्नाटा छाएको छ । यता नदीमा बेपत्ता चाखुडीको साँझ अबेरसम्म खोजतलास गर्दा नभेटिएको र भोलि उज्यालो भएपछि खोजतलासमा लाग्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शवको मुचुल्का गएर पोष्टमार्टमका लागि शव गोकुलेश्वर अस्पताल राखिएको छ । खोजतलासबाट बेपत्ता दुई जनाको शव भेटिएको थियो । बेपत्ताको खोजी कार्यमा स्थानीयसँगै इलाका प्रहरी कार्यालय गोकुलेश्वर र लटिनाथ तथा होपरिगाड प्रहरी चौकी र अस्थायी प्रहरी चौकी धुलिगडाको टोलीसँगै बचालमा रहेको सशस्त्र प्रहरीले सहयोग गरिरहेको स्थनीय जयभानसिह धामीले बताउनु भयो ।अटोचालक मनिराम भुल र उनका छोरा घाइते अवस्थामा रहेका छन् । अटोचालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।