दार्चुला सदरमुकाममा खानेपानीको अभाव, नगरपालिकाको दमकलबाट पानी वितरण

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा खानेपानीको अभाव भएको छ । विगत चारदिन देखि समदरमुकाम खलंगा क्षेत्रमा खानेपानीको अभाव भएको हो । खानेपानी अभाव भएपछि महाकाली नगरपालिकाको दमकलबाट पानी वितरण गर्न लागिएको छ ।

सदरमुकाम बाट केही किलोमिटर टाढा रहेको धौलीगाडबाट पानी दमकलमा ल्याई सदरमुकाम क्षेत्रका स्थानीयलाई वितराण गर्न लागिएको छ । खानेपानीको अभाव भइरहेका बेला सदरमुकामवासीलाई केही सहज होस् भन्ने उद्देश्यले नगरपालिकाको आफ्नै दमकलबाट निःशुल्क रुपमा नगरवासीलाई पानी वितरण गरिरहेको नगरपालिकाका उप प्रमुख दुर्गाखत्री विष्टले जानकारी दिनुभयो ।

महाकाली नगरपालिका वडा–३ गारखोला खोलाबाट आएको पानी दुई ठाउँमा अवरुद्ध भएपछि खलंगामा खानेपानी अभाव भएको उहाँले बताउनु भयो । पहिरोका कारण बडाली गाउँ र मालबेला क्षेत्रमा खानेपानीका पाइप टुटफुट भएकोले सदरमुकाम खलंगाका बस्तीहरुमा खानेपानीको अभाव भएको बताइएको छ ।

बजारमा पानी नआउँदा झण्डै दुई हजार भन्दाबढी घरधुरी खानेपानीबाट प्रभावित भएका छन् । यस्तै केहि स्थानीयले खेट्याखोला, गल्फै क्षेत्र, मोहतीको पानी बोकेर खान बाध्य भएका छन् ।  खलंगा शहरी खानेपानी आयोजना बेला बेला खानेपानीका पाइप टुटफुट हुने र सरसफाइको कमी हुने गरेको गुनासो उपभोक्ताबाट आउने गरेको छ ।

यसबारे सरोकारवाला पक्षले चासो समेत नदिएको स्थानीय उपभोक्ताले आरोप समेत लगाएका छन । खलंगा सहरी खानेपानी आयोजनालाई निर्माण गरेर हस्तान्तरण नभएको अवस्था छ ।

Leave A Reply

Your email address will not be published.