दार्चुला । हिमाली जिल्ला दार्चुलामा सडक दुर्घटनामा परी एक वर्षमा १२ जनाको ज्यान गएको छ । गत आर्थिक वर्षमा जिल्लाभर २४वटा सवारी साधन दुर्घटनामा परी १२ जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार २४ वटा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गएको जनाएको छ ।
गत आर्थिक वर्ष २०८१÷०८२मा सबैभन्दा बढि जिप ९ वटा दुर्घटनामा परेको प्रहरी निरीक्षक एंव सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । यस्तै मोटरसाइकल ५, ट्याक्टर ४जेसिबी ३, ट्याङ्गकर,हाइस,टिप्पर समान १÷१ गरी जम्मा २४सवारी दुर्घटनामा परेको उहाँले बताउनु भयो । सडक दुर्घटनामा परी गत वर्ष २ जना महिला र १० जना पुरुषगरी १२ जनाले ज्यान गुमाएका छन ।
सडक दुर्घटनामा परी गत वर्ष ५ जना महिला २८ जना पुरुष र ७ जना बालबालिकागरी जम्मा ४० जना घाइते भएको प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्गले देखाएको छ । यस्तै चालु आर्थिक वर्ष २०८२÷०८३को हाल सम्म सडक दुर्घटनामा परी ४जनाको ज्यान गएको छ । प्रहरी कार्यालयको तथ्याङ्गक अनुसार २ वटा बस,१ जिप, १ अटोरिक्सा गरी जम्मा ४ वटा सवारीसाधन दुर्घटनामा परेका छन । दुर्घटनामा परी २ जना महिला र २ बालबालिका गरी ४ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन ।
घाइते हुनेमा ३ जना महिला ८ जना पुरुष र ४ जना बालबालिका रहेका छन । जिल्लाका राजमार्ग तथा भित्री सडक खण्डमा हुने सवारी दुर्घटनाको मुख्य कारण क्षमताभन्दा धेरै यात्रु चढाउने, तीव्र गतिमा चलाउने, मादक पदार्थ सेवन गरी चलाउने जस्ता कारणले दुर्घटना हुने गरेको प्रहरीले बताएको छ । यस्तै चालकको हेलचेक्र्याइँले गर्दा पनि दुर्घटना हुने गरेका छन् ।