जेनजी आन्दोलनबाट दार्चुला जिल्लाको अवस्था सामान्य

दार्चुला । भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनले दार्चुला जिल्लामा शान्ति सुव्यवस्थाको अवस्था सामान्य बनेको छ । जिल्लामा आन्दोलनकारीको संयम र सामुदायिक प्रयासमा ठुलो क्षति हुन नपाएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभो ।

जिल्लामा आन्दोलन र नाराबाजी भए पनि स्थानीय नागरिकको सचेतता, प्रशासनको पूर्वतयारी र समुदायको बलियो समन्वयले कुनै पनि अप्रिय घटना हुन नपाएको उहाँले बताउनु भयो । जिल्लाका सरकारी कार्यालयहरू पूर्ण रूपमा सुरक्षित रहे । केही राजनीतिक दलका पार्टी कार्यालयमा सामान्य तोडफोडबाहेक अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

यहाँ क्षति नहुनुको कारण एकल समुदायको बसोबास, समुदायका अगुवाहरूको परिचालन र पालिकाहरूलाई ‘डिफेन्स’का रूपमा प्रयोग गरिनुलाई मानिएको छ । कारागारबाट भागेका ७७ जनामध्ये ६०जना फर्किसकेका छन् ।कारागार कार्यालयभित्र भएको सामान्य तोडफोड समेत मर्मत सम्भार गरिएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘काठमाडौँ र धनगढीको अवस्था देखेपछि हामीले सुरक्षा व्यवस्था अत्यन्तै बलियो बनायौँ । यही मजबुत सुरक्षा तयारीले कुनै पनि अराजक गतिविधि हुन पाएन ।

Leave A Reply

Your email address will not be published.