सलसेनामा पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाको सलसेनामा पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तर्गत सलसेनामा मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी, बैतडीबाट दार्चुलाका लागि छुटेका गाडी र तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् ।

सडकमा खसेको पहिरो पन्छ्याउनका लागि पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उक्त पहिरो सफा गर्नका लागि दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.