दार्चुला । दार्चुलाको अपिहिमाल क्षेत्रमा रहेको ल्याह्युल पिक भभया हिमालको सफल आरोहण गरिएको छ ।
नेपाल पर्यटन बोर्ड, युएनडिपी, एसटिपी प्रोजेक्ट र अपिहिमाल गाउँपालिकाको सहकार्य तथा समन्वयमा नेपाल माउन्टेन एसोसियसनको आयोजनामा अपि वेश क्याम क्षेत्रमा गत भाद्र देखि माउन्टेन गाईड तालिम सञ्चालन भइरहेको छ ।
सोही तालिममा सहभागी तीन जना प्रशिक्षक र चार जना प्रशिक्षार्थीले ल्याह्युल पिक (भभया हिमाल) को अफल आरोहण गर्नुभएको हो ।
अपिहिमाल क्षेत्रमा प्रोफेशनल माउन्टेन गाईड तालिममा सहभागि प्रशिक्षक तथा प्रशिक्षार्थीको टोलाका सदस्यले पहिलो पटक आधिकारीक रुपमा ६ हजार ३९६ मिटर उचाइको भभया हिमालको सफल आरोहण गरेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त बहादुर सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
तालिममा सहभागी तीन जना प्रशिक्षक लाल बहादुर जिरेल, राम काजी तिवारी राकेश राज तामाङ र चार जना प्रशिक्षार्थी सुर्यमान तामाङ, सुरज तामाङ, भिषन योन्जन डाली शेर्पाले असोज २ गते पहिलो पटक भभया हिमालको सफल
आरोहण गरेको उहाँले बताउनु भयो । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा रहेको अपिहिमालको दायाँपट्टी ल्याह्युल पिक (भभया हिमाल) रहेको छ । सोही टोलीले यस अघि अपिहिमालको आरोहणको लागि पनि प्रयास गरेको थियो ।
