नेपालप्रति भारतको सद्‍भाव रहेको देउवा भनाई

दार्चुला-  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति छिमेकी मुलुक भारतको सदभाव रहेको बताएका छन् ।

स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । सम्मेलनको क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । भेटवार्ताबारे जानकारी दिंदै प्रधानमन्त्री देउवाले भने, ‘सबै राम्रा कुराहरु भएका छन् । भारतको सदभाव देखिएको छ नेपालको निम्ति ।’

मोदीसँगको भेटमा देउवाले हवाईजहाज प्रवेश विन्दु अनुमति लगायतका विषयमा पनि कुराकानी गरेका थिए । देउवाले कञ्चनपुर, धनगढी, नेपालगञ्ज र भैरहवाबाट हवाईजहाज प्रवेशको अनुमति दिन मोदीसँग आग्रह गरेको भेटपछि परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Leave A Reply

Your email address will not be published.