दार्चुलाका प्रहरी प्रमुख डिएसपीको एक वर्ष : स्थानीयमा जागेको भरोसा, नागरिकलाई सुरक्षित छु भन्ने महसुस
दार्चुलाका प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहालको एक वर्ष पुरा भएको छ । गत वर्ष असोज १७ गते देखि जिल्ला प्रहरी कार्यालय दार्चुलाको कमाण्ड समालेका दाहालले धेरै नै चुनौतीका बाबजुद जिल्लामा वर्षदिन पुरा गरेका छन ।
हिमाली जिल्ला दार्चुला देशकै सबैभन्दा अन्तिम अति संवेदनशील जिल्ला हो । जसकारण पनि धेरै चुनौतीका बाबजुद जिल्लाको कमाण्ड समालेका प्रहरी नायब उपरीक्षक(डिएसपी) दाहालको हालै सरुवा समेत भएको छ ।
डिएसपी दाहाल आफ्नो कार्यकालमा समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानमा अब्बल समेत देखिएका छन । डिएसपी दाहाल प्रहरी संगठनमा खरो स्वभावका अधिकृत हुन् । निडर र साहसिक क्षमताका दाहाल जहाँ कार्यरत रहँदा पनि संगठनको लागि काम गर्ने अधिकृतको रुपमा चिनिन्छन् ।
कानुन कार्यान्वयन गर्ने निकाय प्रहरीको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने उनको बुझाइ छ । उहाँले सुरुदेखि नै समाजमा पीडक खुलेआम हुने र पीडित झन् तनावमा पर्नुपर्ने अवस्था आउन नदिन प्रहरीको सक्रियता बढाइएको बेला बेला बताउने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रमुखको रुपमा कार्यरत रहँदा आफूले मूलत: तीनवटा बिषयलाई बिशेष प्राथमिकता दिएर काम गरेको बताउछन । ती कामहरु हुन्, पहिलो अपराध नियन्त्रण र अनुसन्धान, दोस्रो तस्करी र चोरी निकासीको नियन्त्रण र तेस्रो जनचाहना अनुरुपको प्रहरी सेवामा काम गरेको बताउछन । प्रचार–प्रसारमा भन्दा बढी काम गर्न रुचाउने दाहाल प्रहरी संगठनमा जवानदेखि अधिकृतसम्मलाई एउटै व्यवहार गर्छन् । जसले गर्दा काम गर्ने प्रहरी जवानहरुको मनोबल उच्च राखिएको छ ।
गत वर्ष १७ असोज देखि जिल्ला प्रहरी कार्यालय दार्चुलाको कमाण्ड समालेका दाहालले आगलागी,बाढी पहिरो,सवारी दुर्घटना लगायतका विभिन्न विपतका घटनाहरुमा तत्काल परिचाल भई उद्धार समन्वय व्यवस्थापन कार्यमा प्रभवकारी भुमिका निर्वाह गरेका छन ।
यस्तै नेपाल भारत र चिनसँगको समन्वय बैठकमा दार्चुला जिल्लाको सुरक्षा सम्बन्धी समस्याहरु उठाएका छन । जिल्लास्थित सुरक्षाको दृष्टिकोणले संवेदनशिल ईकाइहरुमा प्रहरी जनशक्ती परिचालन तथा महाकाली नगरपालिका वडा-७ धापस्थित निर्माणाधिन नेपाल भारत जोड्ने पक्की पुलमा सुरक्षा व्यवस्था मिलाएको बताएका छन ।
शान्ति सुरक्षामा डिएसपी दाहालले खेलेको भुमिका
गत वर्ष १७ असोज देखि जिल्ला प्रहरी कार्यालय दार्चुलाको कमाण्ड समालेका दाहालले शान्ति सुरक्षामा महत्वपुर्ण भुमिका खेलेका छन । यो एक वर्षमा उनले अपराध नियन्त्रण कार्ययोजना तयार गरी सकृय रुपमा प्रहरी परिचालन गरेका छन ।
गत मंसिर १८ गते दुुहुँ गाउँपालिका वडा— ५मा भएको स्थानीय तहको उप निर्वाचन शान्तीपुर्वक सम्पन्न गरेका छन । विभिन्न समयमा भएका सिमा विबादमा शान्ती सुव्यवस्था मिलाई समस्या समाधान गरेको बताएका छन ।
जिल्लाको उत्तरी भुभागमा जडिबुटी संकलन गर्न गएका नागरीकहरुको सुरक्षा छांगरु र तिंकर क्षेत्रमा अस्थाई बसोबास गर्ने स्थानीयहरुको अनुपस्थितिमा प्रहरीको उचित परिचालन तथा मालिकार्जुन जात्रा लगायत संवेदनशिल रात्रीकालीन जात्राको कडा सुरक्षा व्यवस्था मिलाएको पनि बताएका छन ।
विभिन्न घटनाको सुरक्षा योजना तयार गरी ग्रामीण गस्ती (एलआरपी)(एसआरपी)आकस्मिक चेकिङ्घ(क्यूआरटी) तथा मोबाइल गस्ती मार्फत जिल्लालाई बनाएको, सिमालगायत संवेदनशिल स्थानहरुमा हुनेगरेका गैह््र कानुनी क्रियाकलाप हुन नदिई कार्ययोजना अनुसार प्रभावकारी ढंगले प्रहरी परिचालन गरेको प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहालले जानकारी दिनु भयो । यो विचमा उहाँले महिला हिंसा, घरेलु हिंसा, कानुनी सचेतना कार्यक्रम समेत आयोजना गरेको बताएका छन ।
अपराध नियन्त्रण र अनुसन्धानमा डिएसपी दाहाल
जिल्ला प्रहरी कार्यालय दार्चुलाको कमाण्ड समालेका दाहालले अपराध नियन्त्रण र अनुसन्धान समेत उतिकै दल्खल राख्ने प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । एक वर्षमा उनले १४९ मुद्दा दर्ता गरी १४५ जना प्रतिवादीलाई प्रक्राउ गर्न सफल भएका छन ।
१० वटा जधन्य प्रकृतिका १० जनाप्रतिबादीलाई प्रक्राउ गरी सफल अनुुसन्धान गरेका छन । गत वर्ष कार्तिक १३ गते महाकाली नगरपालिका – ४स्थित १६ वर्षकी नाबाललिकालाई जबरजस्ती करणी गर्ने रुपेश सार्की र माघ १९ गते
मालिकार्जुन गाउँपालिका स्थित वर्ष १६ की पिडित नाबालिकालाई हाडनाता करणी गर्ने पुरुषलाई प्रकाउ गरी कानुनी दायरामा ल्याएको गत बैशाख १७ गते बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका- ८ वस्ने सुरेन्द्र विष्टलाई भरुवा बन्दुकले
गोली हानी हत्या गरी फरार प्रतिबादी स्थाल भन्ने कर्ण बहादुर विष्टलाई बैशाख २३ गते दार्चुलाको महाकाली नगरपालिका वडा- ९दत्तु नेपाल भारत सिमानाकाबाट पक्राउ गर्न प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहालको नेतृत्वको टिम सफल भएको थियो ।

विगत वर्षमा गम्भीर तथा जधन्य पेण्डिङ्घमा रहेका कर्तब्यज्यान २ र लागु औषधका १ गरी ११ जना प्रतिबादी पक्राउ गरी मुद्दा फछौँट गरिएको छ । ४७ लाख ४७ हजार २५२ मुल्यबराबरको अवैध समान सहित ३ बोलेरो गाडी ५ जना
मानिस प्रक्राउ गरी भन्सार कार्यालय दार्चुलालाई बुझाइएको छ । गत आर्थिक वर्ष भन्दा २४३ प्रतिशतले प्रतिवेदन अवधिमा विभिन्न मुद्धाका फरार लगत ३८ जना अदालत १२६ जना जिल्ला प्रशासनमा रहेका ११ अदालत १०४ जिल्ला
प्रशासन गरी ११५ जनालाई प्रक्राउ गरी ३३ वर्ष ६ महिना २० दिन कैद रु १७ लाख ४३ हजार ९१२ रुपैयाँ जरिवाना असुल उपर गरेको दाहालले बताउनु भयो ।
लागुऔषध तथा नदीजन्य दोहन नियन्त्रण
जिल्ला प्रहरी कार्यालय दार्चुलामा लागुऔषधको १२ वटा मुद्धादर्ता गरी २३ जना प्रतिबादी प्रक्राउ परेका छन । उनीहरुको साथबाट ३.२८९ किलोग्राम चरेश र २.३९० ग्राम खैरो हेरोइन बरामद गर्नुका साथै कानुनी कारबाही गरिएको प्रहरी
नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहाले जानकारी दिनुभयो । समुदाय तथा विद्यालय केन्द्रीत गरी जिल्लाका विभिन्न स्थानमा लागु औषध नियन्त्रण सम्बन्धी २४४ वटा जनचेतना मुलक कार्यक्रमहरु संञ्चालन गरेको उहाँले बताउनु भयो ।
सदरमुकाम स्थित विभिन्न ५ ठाउँमा लागुऔषध सम्बन्धी जनचेतनामूलक होडिङ्घ बोर्डहरु स्थापना गरिएका छन । अवैध नदीजन्य उत्खनन् कार्यमा संलग्न ३० वटा ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सम्बन्धीत पालिकालाई बुझाईएको छ ।
सामुदायिक सचेतना कार्यक्रम
जिल्ला प्रहरी कार्यालय दार्चुलाको कमाण्ड समालेका दाहालले जिल्लाको अपराध अनुसन्धानको अवस्थालाई मुल्याङ्घन गरी कार्ययोजना अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत सामुदायिक सचेतना कार्यक्रमहरु पनि संञ्चालन गरेको बताएका छन ।
जसअन्तरर्गत नागरीक सुनवाई, प्रशिक्षण अल्पसंख्यकहरुसंग प्रहरी कार्यक्रम लगायतका विभिन्न नागरीक केन्द्रित कार्यक्रमहरु संञ्चालन गरेको उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाको एरियाभित्र पर्ने अपराधिक घटनाहरु न्युनिकरणको लागि विभिन्न सरोकारवाला निकाय तथा जनसमुदाय संग समन्वय एवं सहकार्यगरी अपराधन्युनिकरण गरेको जनाएको छ ।
जस अन्तरर्गत १ हजार ३२९ वटा कार्यक्रमहरु संञ्चालन गरिएका छन । सवारी दुर्घटना न्युनिकरणका लागि जिल्लाका विभिन्न स्थानहरुमा ६ पटक ट्याक्टर बहस कार्यक्रम संञ्चालनका साथै यात्रुचालकहरु संग अन्तरक्रिया र टा«फिक सचेतना कार्यक्रमहरु संञ्चालन गरेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पुर्वाधार विकासमा : दाहाल नेतृत्व
एक वर्षसम्म जिल्लाको प्रमुख प्रहरीको रुपमा कार्यभार समालेका प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहालले पुर्वाधार विकासमा महत्वपूर्ण भुमिका खलेका छन ।जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ कार्यालय भवन तथा प्रहरी चौकी सितापुल र अस्थाई प्रहरी पोष्ट वित्थडको कार्यालय भवन निर्माण कार्य सम्पन्न गराएका छन ।सघन सहरी विकास कार्यालय डोटीको समन्वयमा जिर्ण अवस्थामा रहेको अस्थायी प्रहरी पोष्ट पुलघाटको पक्की भवन निर्माण सम्पन्न भएको पनि उहाँले बताउनु भयो ।
चालु आर्थिक वर्षमा कार्यालय प्रमुख निवास मेश, भवन कम्पाउण्ड वाल निर्माणको ठेक्का सम्झौता भई निर्माण हुने क्रममा रहेको तथा मातहत कार्यालयहरु प्रहरी चौकी धाप र मालिकार्जुनको लागि बजेट विनीयोजन भई लागत स्टिमेट
स्वीकृत भएर आएको र अहिले प्रक्रियामा रहेको प्रहरी नायब उपरीक्षक दाहालले बताउनु भयो । यस्तै जिल्लाको नौगाड गाउँपालिका अन्तरर्गत पर्ने सिप्टी प्रहरी कार्यालय भवन निर्माण गर्न प्रदेश सरकारबाट बजेट विनीयोजन भएको छ । दुई वटा प्रहरी चौकीको जग्गाप्राप्तीको पहल सकारात्मक देखिएपछि प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
जिल्लास्थित विभिन्न प्रहरी कार्यालयहरुको स्तरउन्नतीको लागि लेखापढी तथा मातहतका कार्यालयहरुको रङ्गरोगन र पुर्वाधार विकासमा जोड दिइएको प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहालले जानकारी दिनुभयो । दाहालको जिल्ला बसाइको क्रममा लागूऔषध नियन्त्रण, ठगी नियन्त्रण, चोरी नियन्त्रणजस्ता संवेदनशील मुद्दामा सफलता हात पारेका छन् ।
दाहालको उत्कृष्ट कार्यसम्पादनका कारण उनलाई गत आर्थिक वर्ष ०८१/०८२ को कार्यसम्पादन मुुल्याङ्कनमा प्रदेश तहमै उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेको थियो । यस्तै प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दाहाललाई जिल्लाको शान्ति, सुरक्षा र समन्वयमा उत्कृष्ट तवरले कार्य सम्पादन गरेको भन्दै आइजिपी दिपक थापाले पुरस्कृत गरेका थिए ।

यसैविच नेपाल प्रहरीका ९० जना डिएसपीहरूको सरुवा हुदा प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहालको समेत दार्चुलाबाट सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गरेको निर्णयअनुसार देशभरका डिएसपीहरूको सरूवा भएको हो । जसअनुसार दार्चुलाका डिएसपी दाहाललाई जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा गरिएको छ । दार्चुलामा दाहालको सरूवासँगै बागमती प्रदेश प्रहरी कार्यालय, गम्भीर अनुसन्धान शाखा हेटौंडाबाट डिएसपी गौरब महत दार्चुला आउने भएका छन् ।