दार्चुलामा बृहत श्रमदान कार्यक्रमको आयोजना गरिएको छ । नागरीक समाज दार्चुला र महिला पतन्जली योग समिति दार्चुलाको सह आयोजनामा यो कार्यक्रम संञ्चालन गरिएको हो ।
‘हाम्रो देश हामी बनाउँछौ,मेरो देश निर्माणका लागि मेरो सहभागिता भन्ने मुल नाराका साथ असोज १ गतेबाट अभियानको शुभारम्भ गरिएको नागरीक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले जानकारी दिनुभयो ।
पवित्र महाकाली नदीतटिय क्षेत्रमा पानी जम्ने ठाउँको खाल्डाखुल्डी हटाएर नागरीकलाई हिडडुल गर्न सहज गर्नुका साथै डेंगु रोगको संक्रमण रोक्नका लागि अभियान सुरु गरिएको उहाँले बताउनु भयो ।
यस्तै नियमित रुपमा महाकाली नदी तटिय क्षेत्रमा सरसफाइ गर्ने, जनचेतना जगाउने र पवित्र महाकालीलाई स्वच्छ राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नागरीक समाजले जनाएको छ ।
श्रमदानमा सहभागिहरुले नदी किनारको सुन्दर ठाउँहरमा प्राकृतीक पार्क निर्माणका लागि श्रमदान गर्नुका साथै युवा पुस्तालाई सकारात्मक सोचको विकास,सीप र क्षमता अभिवृद्धिका साथै जिवनका वारेमा दैनिक २० मिनट विभिन्न
सामाजिक व्यक्तिहरू द्वारा प्रशिक्षण गरि असल युवाहरू निर्माणको प्रयासमा नागरीक समाज लाग्ने बताइएको छ ।
यो अभियान हरेक दिन बुलकी ५ बजेदेखि साझ साढे ६ बजेसम्म नदी किनारमा संचालन हुने आयोजक नागरीक समाजले जनाएको छ । श्रमदान कार्यक्रममा अहिले महिला पतन्जली योग समिति लगायत अन्यको पनि उपस्थिति बढन
थालेको आयोजक नागरीक समाजले जनाएको छ ।

https://www.facebook.com/mahesh.bhatt.5203/videos/785163674243820