दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा-४ र ५ जोड्ने तपोवन मुरै निम्ठा विनायक सडकमा पहिरो पन्छ्याएर सडक खुलाउने काम सुरु भएको छ । आइतबार आजबाट वर्षाले अबरुद्ध रहेको सडकलाई खुलाउने काम सुरु भएको हो ।
तत्काल दुई वटा वडाका नागरिकलाई दशैतिहारमा यातायातको पहुचमा पुगाउने उदेश्यका साँथ अबरुद्ध सडक खुलाउने काम सुरु भएको वडा-५का वडा अध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । सडक क्षेत्रमा निर्माण कार्य गरिरहेको
ग्वालेख निर्माण सेवाले अबरुद्ध सडक खोल्ने काम गरिरहेको उहाँले बताउनु भयो । निर्माण सेवाको स्काईभेटर प्रयोग गरी सडक खुलाउने काम भइरहेको बताइएको छ ।
वर्षा रोकियो भने अबको दुईतिन दिनसम्म अबरुद्ध सडक खोलिसक्ने गरी काम भइरहेकोे छ, उहाँले भन्नु भयो । लामो समय देखि सडक अवरुद्ध हुदाँ स्थानीयहरु सास्ती भोग्न बाध्य भएका छन । पछिल्ला दिन गाउँसम्म यातायात नपुग्दा त्यहाँका स्थानीयहरुलाई खाद्यान्न बोक्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
पालिकाको वडा -५ देखि मुरै गोल्फा वत्तरा सितोला खडियान सडक दशै लगत्तै पालिकाबाट सडक खोल्ने काम सुरु हुने वडा अध्यक्ष महताले बताए । यो सडक गोल्फा हुँदै अपिहिमालको सितोला खडियान सम्म पुग्नेछ । तर यो सडकमा बजेट नपरेको बताइएको छ ।
मार्मा गाउँपालिका बाट नौगाड गाउँपालिका जोडने मुख्य सडक संञ्चालनमा आए त्यहाँका स्थानीयहरुको आवत जावत सहज हुने अपेक्षा गरिएको छ । तपोवन मुरै निम्ठा विनायक सडक छिटै निर्माणकार्य पुरा गरि सुचारु भएमा मार्मा क्षेत्रको विकास र समृद्धिमा फडको मार्ने अपेक्षा गरिएको छ ।