दार्चुलाका तीन ठाउँमा आँखा शिविर संञ्चालन हुदैँ

दार्चुला । दार्चुला जिल्लाका विभिन्न तीन ठाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नारायणी आँखा अस्पताल वीरगन्ज, नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल र महेन्द्रनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा नर्वेजियन दाताहरुको आर्थिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।

सुदुरपश्चिम प्रदेशको हिमाली दुर्गम जिल्ला दार्चुलाका तीनठाउँमा शिविर संञ्चालनको तयारी भएको नारायणी आँखा अस्पताल वीरगन्जका फाउन्डर डाक्टर पदम राज विष्टले जानकारी दिनुभयो । शिविरमा सल्यक्रिया सहितको निःशुल्क आँखा शिविर सञ्चालन हुने उहाँले बताउनु भयो ।

उनका अनुसार असोज २६ गते देखि २५ गते सम्म जिल्लाको शैल्यशिखर नगरपालिका गोकुलेश्वर, २६ गते देखि २७ गतेसम्म लेकम गाउँपालिकाको रिठाचौपता र २९ गते देखि ३० गतेसम्म मालिकार्जुन गाउँपालिकाको पस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।

शिविरमा निशुल्क मोतिविन्दुको शैल्यक्रिया,निःशुल्क औषधी वितरण नजिकको पढ्न लेख्ने चस्मा वितरण गरिने नारायणी आँखा अस्पताल वीरगन्जका फाउन्डर डाक्टर विष्टले जानकारी दिनुभयो ।

नारायणी आँखा अस्पताल वीरगन्जका फाउन्डर डाक्टर पदम राज विष्ट र वरिष्ट नेत्र विशेषज्ञको नेतृत्वमा आखाशिविर संञ्चालन गरिने बताइएको छ । आँखाका समस्या भएका बिरामीहरूले शिविर सञ्चालन हुने तीन ठाउँमध्ये आफूलाई पायक पर्ने ठाउँमा पुगेर सेवालिन आग्रह गरिएको छ । शिविर संञ्चालन हुने भएपछि आँखाका विरामीहरु खुशी भएका छन ।

Leave A Reply

Your email address will not be published.