सुनको मूल्यमा रेकर्ड ब्रेक,कति छ बजार भाउ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख १७ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यो सुनको अहिलेसम्मको उच्च मूल्य हो । यस अघि आइतबार सुन तोलाको २ लाख १७ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २६५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २६२० मा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.