दार्चुलाका प्रहरी जवान उत्तम थापाको हत्या गर्ने प्रदर्शनकारी पक्राउ,

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा ३ गुमखोलीका स्थानीय प्रहरी जवान उत्तम सिह थापाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

‘जेनजी’को प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं प्रहरीको विशेष टोलीले जानकारी दिएको छ ।

प्रहरीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको जानकारी दिएको छ । उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको गरिरहेको छ । प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी उत्तम थापा र मिलन राय माथि कुटपिट गरी हत्या गरेका थिए ।

प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ । सामाजिक सञ्जाल निष्क्रिय र भ्रष्टाचारविरुद्ध जेनजीले भदौ २३ गते प्रदर्शन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.