लेकम गाउँपालिकाको अधिवेसन विहिबार सम्पन्न ,मालिकार्जुनमा आज हुदै

दार्चुला । नेकपा एमाले लेकम गाउँपालिकाको प्रथम अधिवेशन विहिबार सम्पन्न भएको छ । एमालेका तत्कालिन गाउँपालिका कमिटी अध्यक्ष पुष्पराज जोशीको अध्यक्षता एबं नेकपा एमालेका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा अधिवेसन आयोजना गरिएको हो ।

अधिवेसनबाट केशबराज बिष्टको अध्यक्षतामा गाउँपालिका कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा हरिसिँह साँउद र सचिव दिवानसिह कार्की चयन भएको नेकपा एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, प्रदेश कमिटी अध्यक्ष हरदेब जोशी, जिल्ला कमिटी सचिवालय सदस्यहरु परमानन्द जोशी, मोहनसिह धामी, दानीराम पार्की लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।

यस्तै नेकपा एमालेले दार्चुलाका नौँ मध्ये आठ वटा स्थानीय तहमा नेतृत्व चयन गर्दै पालिका अधिवेसन सम्पन्न गरेको छ । ६१ वडा रहेको जिल्लामा व्याँस गाउँपालिका वडा नम्बर १ बाहेक ६० वडामा वडा अधिवेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको हो। मालिकार्जुन गाउँपालिकामा पालिकास्तरीय अधिवेसन शुक्रबार (आज) हुदै छ ।

एमाले दार्चुलाले जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.