कांग्रेसले यस बर्ष दशैँको चियापान नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

कांग्रेसले भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमसँगै ७२ जनाभन्दा बढीले ज्यान गुमाएको, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय (सिंहदरवार), संसद भवन र सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका

भौतिक एवं प्रशासनिक संरचनाहरूसहित कांग्रेसका सभापतिसहितका नेताहरुमाथि आक्रमण भएको भन्दै चाडवाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुवेको अवस्थामा कांग्रेसले आयोजना गर्दै आएको चियापान तथा

शुभकामना आदान—प्रदान कार्यक्रम यस वर्ष आयोजना नगर्ने जानकारी गराएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!