दल दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगे हर्क साम्पाङ

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

साम्पाङले ‘श्रम संस्कृति पार्टी’ को नाम दिएर केहि दिन अघि नै आयोगमा निवेदन दिएका छन् ।

आयोग स्रोतले हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको र आयोगको जाँचबुझ प्रक्रियामै रहेको छ ।

साम्पाङले दल खोल्ने कुरा पटक पटक गरे पनि यस पटक दल दर्ताको निवेदन दिएको विषय भने  जानकारी दिएका थिएनन्  ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको दाबि गरेका साम्पाङले सुशिला कार्की नेतृत्वको सरकार विदेशीले बनाइदिएको भन्दै लगातार आक्रमण गरिरहेका छन्  ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!