साढे दुई वर्षीया आर्यतारा शाक्य बनिन् जीवित देवी कुमारी(तस्बिरहरू)

साढे दुई वर्षीया आर्यतारा शाक्य नवनियुक्त राजकीय जीवित देवी कुमारी बनेकी छन् । उनी शाक्य समुदायका १६ बहालमध्ये इटुम्बाहलको बहालबाट चयन भएकी हुन् । उनका पिता अनन्त शाक्य, आमा प्रतिष्ठा र बहिनी परमिता हुन् ।

आर्यतारा मंगलबार (असोज १४) महाअष्टमीका दिन ऐतिहासिक कुमारी घर काठमाडौंमा औपचारिक रूपमा पूजनीय भएकी छन् ।

आर्यतारा हालकी कुमारी तृष्णा शाक्यको उत्तराधिकारी बनेकी हुन् । तृष्णाको कुमारीकाल उनको किशोरावस्थामा प्रवेशसँगै परम्पराअनुसार समाप्त भएको हो । कुमारीकाल समाप्त भएपछि उनलाई बाजागाजासहित विशेष पूजापाठ गरेर घरसम्म पुर्‍याइयो । परम्परागत रीतिअनुसार उनको बिदाइ गरियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!