सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको ज्यान गयो

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको ज्यान गएको छ ।

ज्यान गुमाएहरुमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।

बुधवार आज बिहान करिब ९:२० बजे उनीहरु माटो खन्ने क्रममा ढिस्कोमा पुरिएका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।

तर अस्पतालले पौने ११ बजे चारैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहप्रवक्ता तथा इन्स्पेक्टर बलिस्टर सिंहले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!