दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा नयाँ डिएसपीको रुपमा गौरब महत आएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहाल धादिङ सरुवा भएपछि बुधबार नयाँ डिएसपीको रुपमा महत दार्चुला पुगेका हुन ।
जिल्लाको शान्ति सुरक्षाको कमाण्ड सम्हाल्न पुगेका महतलाई प्रहरी कार्यालय दार्चुलाले स्वागत सहित परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाबाट सरुवा भएर दार्चुला आएका नयाँ डिएसपीको स्वागत सहित परिचयात्मक कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए ।
आजमात्रै जिल्ला पुगेका महतले कार्यभार समालेका छन । नयाँ आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) गौरब महतले जिल्लास्थित सबै राजनितिक दल, समाजसेवी बुद्धिजिवी,नागरीक समाज,संञ्चारकर्मी लगायत अन्य स्थानीय नागरीकसंग भेटघाट गरी जिल्लाको शान्ती सुरक्षाको बारेमा जानकारी लिने बताएका छन ।
